उपनिर्वाचनका लागि आज उमेदवारको अन्तिम नामावली प्रकाशन गरिँदै


लेखक : सुन्दराञ्चल      चैत्र २७, २०८० मा प्रकाशित     
उपनिर्वाचनका लागि आज उमेदवारको अन्तिम नामावली प्रकाशन गरिँदै

चैत्र २७, : आउँदो १५ वैशाखमा हुन लागेको उपनिर्वाचनका लागि आज उमेदवारको अन्तिम नामावली प्रकाशन गरिँदै छ । निर्वाचन आयोगले दिउँसो ३ बजेसम्म उमेदवारको अन्तिम नामावली प्रकाशन गर्न लागेको हो ।

आयोगले मंगलबार अपरान्ह ५ बजेसम्म निर्वाचन चिह्न प्रदान गर्ने कार्यतालिका छ । त्यसअघि आयोगले उम्मेदवारी फिर्ता गर्न चाहेनका लागि बिहान ९ देखि दिउँसो १ बजेसम्म समय निर्धारण गरेको छ । उपनिर्वाचन हुने इलाम–२ मा २० र बझाङ १ ९१० मा १२ जनाले उम्मेदवारी दर्ता गराएका आयोगले जनाएको छ ।

इलाम–२ मा एमालेका सुवासचन्द्र नेम्वाङको निधनपछि तथा बझाङ–१ (१) मा नेपाली कांग्रेसका पृथ्वीबहादुर सिंहको निधनपछि उपचुनाव हुन लागेको हो । जसका लागि आयोगले १५ वैशाखको बिहान ७ देखि अपरान्ह ५ बजेसम्म मतदानको समय निर्धारण गरेको छ ।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap