उपकुलपति डा.जोशीलाई राइजिङ स्टारले गर्यो सम्मान


लेखक : सुन्दराञ्चल      फाल्गुन १७, २०८१ मा प्रकाशित     
उपकुलपति डा.जोशीलाई राइजिङ स्टारले गर्यो सम्मान

धनगढी,फागुन १७, धनगढी उपमहानगरपालिका वडा नं ६ मटियारीमा अवस्थित राइजिङ स्टार इङ्लिस स्कूलले आज आफ्नो ७ औं वार्षिकोत्सव भव्य समारोहमा सुदूरपश्चिम प्रज्ञा–प्रतिष्ठानका उपकुलपति तथा संस्कृतिविद् डा.टीएन जोशीलाई सम्मानित गरेको छ।

कार्यक्रममा प्रमुख अतिथि प्रदेश सभाका माननीय सदस्य धर्म पाठक र विद्यालयका प्रबन्ध निर्देशक कलेन्द्र शाहीले उपकुलपति जोशीलाई दोसल्ला र अभिन्दनपत्रसहित सम्मानित गरेका हुन्।बिगत ३५ वर्षदेखि शिक्षा, साहित्य, संस्कृति र सामाजिक क्षेत्रमा जोशीले पुर्याएको विशिष्ट योगदानका लागि उपकुलपति जोशीलाई राइजिङ स्टार सम्मान प्रदान गरिएको प्रबन्ध निर्देशक कलेन्द्र शाहीले बताए।

सम्मान पछि वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दे उपकुलपति जोशीले राइजिङ स्टारले छोटै समयमा लोकप्रियता हाँसिल गरेकोमा खुशी लागेको बताए। उनले शैक्षिक गुणस्तरका साथै अतिरिक्त कृयाकलापमा विद्यालयले फड्को मारेको बताउदै कला र संस्कृतिको विकासमा पनि विद्यालयले महत्वपूर्ण योगदान पुर्याएको बताए।

उपकुलपति जोशीले विद्यालयले आफूले समाजमा पुर्याएको योगदानका लागि सम्मानित गरेकोमा आभारसमेत प्रकट गरेका छन्।वार्षिकोत्सव समारोहमा समाजका विभिन्न क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्वहरू र अभिभावकहरूलाई पनि सम्मानित गरिएको थियो।

समारोहमा वरिष्ठ बालरोग विशेषज्ञ डा। प्रदीप मिश्र, कैलाली क्याम्पसका सह प्रा। सीताराम भट्ट, एसपिएका उप प्रा। वलराम भट्ट, निसर्ग हस्पिटलका अध्यक्ष तीर्थ पन्त लगायतलाई पनि सम्मानित गरिएको थियो। कार्यक्रममा विद्यार्थीहरूका आकर्षक प्रस्तुतिहरू राखिएका थिए।झण्डै ६ सय विद्यार्थीसंख्या रहेको राइजिङ स्टार स्कुलले शैक्षिक गुणस्तरमा आफूलाई अब्बल बनाइरहेको छ।

No description available.धनगढीमा रहेको राईजिङ्ग स्टार ईङलीस बोडिङ्ग स्कुलको ७ औँ वार्षिकोत्सब सम्पन्न

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap