उदयपुरको त्रियुगा-१२ मा माओवादी केन्द्रका राई विजयी


लेखक : सुन्दराञ्चल      मंसिर १७, २०८१ मा प्रकाशित     
उदयपुरको त्रियुगा-१२ मा माओवादी केन्द्रका राई विजयी

काठमाडौं मंसिर १७ ,उदयपुरको त्रियुगा नगरपालिका नगरपालिका -१२ मा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । वडाध्यक्षका लागि भएको निर्वाचनमा माओवादी केन्द्रका नविन कुमार वान्तवा राई कुल कसेको २५२७ मत मध्ये ९२३ मत ल्याएर विजयी भएका हुन् ।

राईका निकटतम प्रतिस्पर्धी एमाले उम्मेदवार लक्ष्मी नारायण चौधरीले ६०८ मत ल्याए । कांग्रेस उम्मेदवार सञ्जिव काफ्लेले ३५९ मत प्राप्त गर्दा एकीकृत समाजवादीका निर्मला चौधरीले ३१२ मत पाए । रास्वपा उम्मेदवार ध्रुब प्रसाद पोखरेलले २०२ मत कटाए ।
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap