उत्तरी ध्रुवमा चिसो बढेसँगै कञ्चनपुर(कैलालीका सिमसार क्षेत्रमा आगन्तुक चराको संख्या बढ्दै


लेखक : सुन्दराञ्चल      कार्तिक २८, २०८१ मा प्रकाशित     
उत्तरी ध्रुवमा चिसो बढेसँगै कञ्चनपुर(कैलालीका सिमसार क्षेत्रमा आगन्तुक चराको संख्या बढ्दै

कञ्चनपुर- कार्तिक २८, उत्तरी ध्रुवमा चिसो बढेसँगै कञ्चनपुर(कैलालीका सिमसार क्षेत्रमा आगन्तुक चराको संख्या बढेको छ ।साइबेरियालगायत क्षेत्रमा हिमपातसँगै चिसो बढेपछि सुरक्षित बासस्थान र आहारको खोजीमा चरा यहाँ आइपुगेका नेपाल पक्षी संरक्षण संघ९बिसिएन०का सदस्य हिरुलाल डगौराले बताए ।

कञ्चनपुर–कैलालीका सीमसार क्षेत्रमा मालक हाँस, हरियोटाउके हाँस, कालीजुरे हाँस, सुइरेपुच्छ्रे हाँस, खरखरे हाँस, कल हाँस, सुनजुरे हाँस, ठूलो जलेवा, चखेवालगायत चरा सिमसारमा आएका उनले बताए ।

विशेषगरी रूस, किर्जिस्तान, तुर्किस्तान, उज्वेकिस्तान, अजरवैजानलगायत क्षेत्रबाट आगन्तुक चरा चिसो छल्नका पुग्ने गरेको चराबारे जानकारी भएका डगौराले बताए। आगन्तुक चरा कैलालीको घोडाघोडी ताल, कर्णाली नदी क्षेत्र, कञ्चनपुरको पुरैनी ताल, कालिकिच सिमसार क्षेत्र, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्रका सलगौडी ताल, रानीताल, सिकारीताल, महाकाली, चौधर नदी क्षेत्रमा पुगेका उनले बताए । रासस

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap