ईन्धन लगायतका निर्माणजन्य समाग्रिहरुमा भएको चर्को मूल्यवृद्धि समायोजन गर्ने निर्माण व्यवसायी संघ कैलालीको माग


लेखक : सुन्दराञ्चल      चैत्र १२, २०८२ मा प्रकाशित     
ईन्धन लगायतका निर्माणजन्य समाग्रिहरुमा भएको चर्को मूल्यवृद्धि समायोजन गर्ने निर्माण व्यवसायी संघ कैलालीको माग

ईन्धन लगायतका निर्माणजन्य समाग्रिहरुमा भएको चर्को मूल्यवृद्धि समायोजन गर्ने निर्माण व्यवसायी संघ कैलालीको माग

नेपाल सरकारले इन्धनको मूल्यमा गरिएको चर्को मुल्य वृद्धि प्रति निर्माण व्यवसायी संघ कैलालीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सरकारले गरेको र्चको मुल्य वृद्धिले निर्माण क्षेत्र मात्र नभई समग्र अर्थतन्त्रमा नकारात्मक प्रभाव पार्ने भन्दै नेपाल सरकारको ध्यानार्कषण गरेको हो । निर्माण व्यवसायी संघ कैलालीका महासचिव बिक्रम बिष्टले प्रेस विज्ञप्ती जारी गर्दै मुल्य वृद्धि तत्काल समायोजन गर्न नेपाल सरकार संग माग गरेको छ ।
जारी विज्ञप्तिमा भनिएको छ“,निर्माण व्यवसाय प्रत्यक्ष रूपमा इन्धनमा निर्भर हुने क्षेत्र भएकाले मूल्य वृद्धिले निर्माणसामाग्रि लागतको मुल्य अत्यधिक बढेको छ । यसका कारण चालु आयोजनाहरू प्रभावित हुनुका साथै नयाँ योजनाहरू कार्यान्वयन गर्न समेत कठिनाइ उत्पन्न भएको छ । साथै, यसले विकास निर्माणको गति सुस्त पार्ने र समग्र आर्थिक गतिविधिमा असर र्पुयाउने देखिन्छ । यस परिस्थितिमा, हामी नेपाल सरकारसमक्ष निम्न मागहरू प्रस्तुत गर्दछौं,
इन्धनको मूल्य वृद्धिको निर्णय पुनर्विचार गरी यथाशीघ्र समायोजन गरियोस्।, निर्माण क्षेत्रलाई लक्षित गरी विशेष राहत तथा सहुलियत प्याकेज उपलब्ध गराइयोस् । ” तत्काल व्यवसायीका मागप्रति सम्बन्धित निकायबाट यथोचित पहल नभए, व्यवसायीहरू चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गर्न बाध्यहुने विज्ञप्तिमा जनाईएको छ । साथै देशको समग्र विकास र आर्थिक स्थायित्वका लागि सरकारसँग सहकार्य गर्न निर्माण व्यवसायी सदैव तयार रहेको महासचिव बिष्ट द्धरा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap