आमा रविनाको विवाह गराइदिए ,आयुष्मान र आशिरमानले


लेखक : सुन्दराञ्चल      असार ८, २०८० मा प्रकाशित     
आमा रविनाको विवाह गराइदिए ,आयुष्मान र आशिरमानले

असार ८  ,अभिनेताद्धय आयुष्मान देशराज र उनका भाई आशिरमानले बिहीवार आमा तथा सेलिव्रिटी बैंकर रविना देशराजको विवाह गराइदिए । काठमाडौंको एक रिसोर्टमा भएको भव्य वैवाहिक समारोहमा उनीहरुले आमा रविनालाई बेहुलीको सजावटमा मण्डपमा पुर्‍याए ।

रविनाका प्रेमी तथा राष्ट्रसंघीय वन्यजन्तु कोषका कर्मचारीसमेत रहेका स्टुआर्ट अलेक्जेन्डर च्यापम्यानले जब रविनाको सिउँदो भरे तब उनका दुबै छोराहरु र बुहारी प्रियंका कार्की खुशिले चिच्चाए । उक्त समारोहमा च्यापम्यानकी छोरी पनि उपस्थित थिइन् ।

केही दिनदेखि यो परिवार वैवाहिक समारोहको खुशियालीमा डुबिरहेको थियो । यो विवाह समारोहमा देशराज परिवार निकट अभिनेत्रीद्धय परमिता राणा र निरिशा बस्नेत पनि उपस्थित थिए । रविनाको विवाहकै लागि भनेर परमिता र निरिशा मुम्बईदेखि काठमाडौं आइपुगेका हुन् ।

बुधबार मात्रै रविनाको घरमा मेहेन्दी समारोह आयोजना गरिएको थियो । झण्डै २० वर्ष लामो बैंकिङ करिअरबाट अवकास लिएकी रविना र च्याप्म्यानले केही महिनाअघि मात्र सम्बन्धलाई सार्वजनिकरुपमा खुलाएका थिए । रविनाले प्रशान्त रसाइली निर्देशित फिल्म ‘सोल सिस्टर’मा केमियो भूमिका निर्वाह गरेकी थिइन् । विवाहकै लागि भनेर च्यापम्यान गतसाता छोरीसहित बेलायतबाट नेपाल आएका थिए । अनलाइनखबर

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap