आफैंलाई किन माया गर्न सक्दैन मानिस ?


लेखक : सुन्दराञ्चल      पुस २७, २०७९ मा प्रकाशित     
आफैंलाई किन माया गर्न सक्दैन मानिस ?

पुष २७ गते  प्रायः हामी अरूलाई माया गर्छौं । बालबच्चालाई, आमाबुवालाई, प्रेमी–प्रेमिकालाई, जीवनसाथीलाई । उनीहरुको विभिन्न तरिकाले ख्याल राख्छौं, माया दर्शाउँछौं । तर के हामी आफू स्वयंलाई माया गर्छौं त ?

सायद धेरैका लागि यो प्रश्न अनुत्तरित हुन सक्छ । बाल्यकालदेखि नै अरूलाई माया गर्नुपर्छ, राम्रो व्यवहार गर्नुपर्छ भनेर सिकाइन्छ । अरूलाई माया गर्‍यौं भने अरूले हामीलाई मन पराउँछन्, माया गर्छन् भनिन्छ ।  तर आफूलाई पनि माया गर्नुपर्छ भनेर हामीलाई कसैले सिकाउँदैन ।

जिन्दगीको दौडमा हामी यति व्यस्त हुन्छौं कि हामीले सास तानिरहेका छौं कि फालिरहेका छौं भन्ने थाहा पाउन बिरामी नै हुनुपर्ने अवस्था रहेको अभिनेत्री तथा ओशो सन्यासी शोभिता सिंखडा बताउँछिन् ।

‘आफू भएपछि मात्र परिवार, समाज हुन्छ । त्यसैले सबैभन्दा पहिले त आफूलाई माया गर्न सिक्नुपर्छ,’ उनी भन्छिन्, ‘आफूलाई मानसिक र शारीरिक रूपमा स्वस्थ राख्ने प्रयास गर्नुपर्छ । के कुराले खुसी दिन्छ त्यो पनि सोच्नुपर्छ ।’प्रायः मानिस आफ्नो लागि भन्दा पनि परिवारको खुसीको लागि बाँचिरहेका हुन्छन् । अरूलाई माया गर्ने ध्यानमा हामीले आफूलाई माया गर्न बिर्सने गरेको सिंखडाको बुझाइ छ ।

‘हामीले आफूलाई माया गर्नुपर्छ, सम्मान गर्नुपर्छ, आफूलाई स्वीकार गर्नुपर्छ । जसरी हामीले अरूलाई माया र आदर गर्छौं त्यसरी आफूलाई प्रेम र आदर गर्नुपर्छ,’ उनी भन्छिन्, ‘प्रत्येक व्यक्तिले आफ्नो लागि पनि समय निकाल्नुपर्छ ।’

शोभिता सिंखडा
जरुरी छ आफैंलाई माया गर्न

आफूलाई प्रेम गर्दा सकारात्मक सोच निर्माणका लागि सहयोग पुग्छ । आफूलाई माया गर्दा मानसिक र भावनात्मक रूपमा शान्त र खुसी हुने सिंखडा बताउँछिन् ।

‘दुःखी वा डिप्रेसनबाट गुज्रिरहेका मानिसहरूका लागि यो उपचार जस्तै  हो,’ उनी भन्छिन्, ‘आफूलाई प्रेम गरियो भने विभिन्न समस्याबाट बाहिर निस्कन सकिन्छ ।’

आफूलाई माया गर्दा अरुले पनि हामीलाई माया गर्छन् । खुसी र प्रेमका लागि पहिले आफैंले आफैंलाई स्वीकार्नुपर्ने सिंखडा बताउँछिन् ।

आफैंलाई किन माया गर्न सक्दैन मानिस ?

सिंखडा भन्छिन्, ‘यदि कसैले आफूलाई माया गर्छ भने उसलाई स्वार्थी भनिन्छ । अरूसँग आफूलाई तुलना गर्ने व्यक्तिले पनि आफूलाई माया गरिरहेको हुँदैन ।

‘कुनै पनि व्यक्तिको बाल्यकाल कसरी बित्यो त्यसले पनि उसले आफूलाई माया गर्ने नगर्ने कुरालाई प्रभाव पार्छ,’ उनी भन्छिन्, ‘यदि बाल्यकालमा बच्चालाई माया र हौसला मिलेको छ भने उनीहरूले आफूलाई माया गर्छन् र अरूले पनि आफूलाई मन पराउन माया गर्न योग्य ठान्छन् ।’

बाल्यकालमा त्यति माया नपाउने तथा अरुबाट गाली र तुलना मात्रै पाएका व्यक्तिले आफू माया गर्न योग्य छैन कि भनेर सोच्ने सिंखडा बताउँछिन् । आफूलाई माया नगर्नुको अर्को कारण जीवनमा घट्ने नराम्रा घटना पनि हुन सक्छन् ।

‘कोही व्यक्तिको जीवनमा बारम्बार नराम्रो घटना भइरहेको छ भने उसले सोच्न थाल्छ कि ऊ राम्रो छैन, उसको भाग्य राम्रो छैन ।  यदि ऊ राम्रो थियो भने उसलाई किन नराम्रो हुन्थ्यो ? यसले आफ्नो लागि उसको प्रेमलाई घटाउँछ,’ सिंखडाको बुझाइ छ ।

कसरी गर्ने आफैंलाई माया ?

आफूले आफैंलाई माया भन्नुको अर्थ शरीर र मन कसरी रमाउँछ त्यसमा ध्यान दिने भन्ने हो । पर्याप्त निद्रा, स्वस्थ खाना, वरपरका मानिसलाई भेट्ने र दिमागमा के कुरा चलिरहेको छ भन्ने कुरामा ध्यान दिने कुरा यसमा पर्छन् ।

‘जीवनमा धेरै चीज आउँछन्, जान्छन् तर एक पटक आफूले आफैंलाई माया गर्न सिकियो भने यो सधैंभरि आफूसँग रहिरहन्छ,’ सिंखडा भन्छिन् ।

आफूलाई माया गर्नका लागि पहिले आफूभित्रका गुणहरूलाई चिन्नुपर्छ र स्वीकार गर्नुपर्छ ।  त्यसलाई सम्मान गर्दा आफूलाई अरुभन्दा फरक बनाउने सिंखडा बताउँछिन् । एक्लै समय बिताउनु आफूलाई बुझ्ने मौका हो ।

‘त्यसैले आफ्नो लागि समय निकाल्नुहोस् । त्यो समयमा आफूलाई मनपर्ने फिल्म हेर्ने, मन पर्ने ठाउँ घुम्न जाने, किताब पढ्ने र गीत सुन्ने गर्न सकिन्छ । यी सबै कुराले आफैंलाई माया गर्न सिकाउँछ र राम्रो महसुस गराउँछ,’ उनी सुझाउँछिन् ।

अन्य व्यक्तिसँग आफूलाई तुलना गर्दा दुःखी बनाउँछ । त्यसले मसँग केही पनि छैन, म सक्षम छैन भन्ने जस्ता भावना मनमा आउँछ । यस्तो विचारले मनमा सधैं शून्यता महसुस हुने सिंखडा बताउँछिन् । आफूसँग के छ, आफूले के पाएँ भन्ने कुरामा ध्यान दिने र त्यसमा खुसी हुन उनी सुझाउँछिन् ।

आफूलाई माया गर्न पहिले नकारात्मक सोच र नकारात्मक मान्छेलाई आफ्नो जीवनबाट हटाउनुपर्छ । सधैं निराश हुने मानिसबाट टाढा रहनुपर्छ ।

सिंखडाको सुझाव छ, ‘नकारात्मक सोच र त्यस्तो सोच भएका मान्छेका कारण आफ्नो आत्मसम्मान र आत् प्रेम दुवै गुमाउने  अवस्था पनि आउन सक्छ । त्यसैले उत्प्रेरित गर्ने, गल्तीहरूमा सही मार्ग देखाउने र राम्रो चाहने व्यक्तिसँग मात्र मित्रता गाँस्नुहोस् ।’अनलाइनखबर

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap