महादेव गिरी
संवाददाता
धनगढी वैशाख १३ संस्कारसहितको आधुनिक शिक्षा दिइरहेको चैतन्य पाठशाला तथा (स्टोन ब्रिर्ज) ले शिक्षामा देखिएका अभावहरुको प्रयाभूत परिपूर्ति गरिरहेको छ । बर्तमान शिक्षाले जागेरे उत्पादन गरिरहेको समयमा यो शिक्षालय संस्कारयुक्त मानवको निमार्णका लागि निर्र्मित साधना शिविर हो ।
कैलालीको शिवनगरमा ५ मा रहेको यो शिक्षालयमा एउटा आधूनिक स्कुलमा हुनुपर्ने सबै पूर्वाधार यसमा छन् ।
शिक्षालयको सैद्धान्तिक जग पूर्वीय अध्यात्मिक परम्परा हो ,जहाँ सम्पूर्ण विश्वको कल्याणको कल्पना गर्न सिकाइन्छ । यि शिक्षालयमा शैक्षिक सत्त २०७९ का लागि नर्सरीदेखी कक्षा ९ सम्म नयाँ भर्ना पनि खुलेको छ ।

शिक्षालयमा थप (विशेषता) हामी बौद्धिक समृद्धिका साथसाथै मूल्य र चरित्रको विकासमा जोड दिन्छौं ।
हाम्रा लागि शिक्षा जीवन मूल्यको बोध् र विकास हो, फगत जागिरको सिढी हाईन । पूर्वीय ज्ञानपरम्परासंगै हामी विश्वमा स्थापित वैज्ञानिक, प्राविधिक र सैद्धान्तिक ज्ञानको सम्यक सिकाइमा पनि विश्वास गछौँ । हामीलाई थाहाँ छ, आज हामीबाट दीक्ष्ति विद्यार्थीले विश्व बजारसंग प्रतिस्पद्र्धा गर्नुपर्ने छ, र उसँग हार्ने समय अब छैन ।
यस विद्यालयमा विद्याथीका अगाडी आफूले थेग्नेभन्दा गहरुँगो, अनावश्यक किताबको बोझले भरिएको भोला बोक्ने बाद्यता छैन । समाज र समयसँग साक्षात्कार गर्नका लागि हामी विद्यार्थाीलाई स्कुल हाताभन्दा बाहिर बजारमा, सडकमा, गाँउमा र बस्तीमा पठाउँछौँ, जहाँबाट उनिहरुले पनि पढ्नेछन् ।

संङ्गीत , चित्तकला,नृत्य,सिर्जनात्मक लेखन र वक्र्तत्व कला गरीपाँच भागमा विद्यार्थीलाई रुची अनरसार वर्गीकरण गरिने छ , र ती विद्यामा विद्यार्थीलाई पछिसम्म, दिगो र व्यवसाहिक रुपमै उभिन सक्ने गरी प्रशिक्षित गराइने छ । आफूलाई रुची नभए पनि भाग लिनुपर्ने बाध्यताको अन्तय गरिने छ ।
खेलकुद सकेसम्म सबैलाई अनिवार्य गरिने छ । यसबाट उनिहरुको स्वास्थ्य र शारीरिक विकासमा सकारात्मक प्रभाव प्रर्ने छ ।

हामी शिक्षकहरुको दक्षताको अभिवृद्धिका लागि निरन्तर तालिम र अभिमूखिकरणको कार्यक्रम सञ्चालन गर्नेछौँ । विद्र्याीको विकासको सूचना स्कुलको बेबसाइटमा राखिने छ । र अभिभावकहरुले आफ्ना छोराछोरीको विकासको सूचकाङ्क घरैबाट हेर्न, र त्यसको आधारमा स्कुलसँग परामर्श गर्नेसक्नहुने छ । हाम्रो स्कुल हाताभित्र पूर्ण जैविक र विषदिरहीत खानाको किक्री वितण गरिने छ।
विषाक्त खानालाई पूर्ण रुपमा निरुत्साहित गरिने छ । योग र ध्यानका कार्यक्रमहरु पनि यस शिक्षालयभित्र सञ्चालन गरिने छ । पढाइमा कमजोर विद्यार्थीका लागि अतिरिक्त कक्षाहरुको व्यवस्था पनि गरिने छ ।
स्कुल हातालाई स्वच्छ र हरियालीयुक्त राख्नका लागि परिसरभित्र वृक्षारोपण , बगैँचाको विकास र सरसफाइका कार्यक्रमहरु निरन्तर रुपमासञ्चालन गरिने छ , र यसमा विद्यार्थीको प्रत्यक्ष सहभागिताको व्यवस्था मिलाइने छ । हाम्रो स्कुल मध्यम आर्थिक अवस्थाका परिवाका बालबालिका लागि लक्षित रहेकोले यो सर्वशुलभ र मितव्ययी छ । ।