आठ घण्टाको मस्त निद्राले स्वास्थ्यमा कस्तो लाभ मिल्छ ?


लेखक : सुन्दराञ्चल      साउन २९, २०७८ मा प्रकाशित     
आठ घण्टाको मस्त निद्राले स्वास्थ्यमा कस्तो लाभ मिल्छ ?

राम्रो निद्राको फाइदाको बारेमा धेरै तिर हामीले पढ्न र त्यसलाई महसुस पनि गर्न सक्छौं । हामीले दैनिक जीवनमा पनि यसको महसुस गरेका छौं । रातमा लिइएको भरपुर निद्राले तपाईंको अघिल्लो दिनको सिर्जनशील र ऊर्जाशील जीवनको लागि फाइदा पुग्छ ।

निद्रा पूरा नहुँदा निम्न समस्याहरु सिर्जना हुन सक्छ ।

– सजगता कम हुने

– स्मरण शक्तिमा समस्या हुने

– सम्बन्धहरुमा समस्या सिर्जना हुन्छ

– स्वास्थ्य समस्या देखिनु

– धेरै रिस उठ्नु

जो मान्छे पर्याप्त निद्रा लिनुका अलावा, समय मिल्नको लागि केही घण्टाका अतिरिक्त निद्रा समेत लिने गर्छन् । निद्राको स्वास्थ्यसँग जोडिएको कैयौं फाइदाहरु हुन सक्छ । तर कयसको अर्थ यो पनि होइन कि तपाईं पूरै दिन सुतिरहनु हुन्छ ।

यदि तपाईं एक रातमा ८–९ घण्टा सुत्नुभयो भने पनि फुर्सद मिलेको बेलामा दिउँसो पनि केही समय सुत्न सक्नुहुनेछ ।

उमेर अनुसार सुत्नुपर्ने समय

वृद्धको लागि (६५ वर्षमाथि) – ७ देखि ८ घण्टा

वयस्कका लागि (२६–६४) – ७ देखि ९ घण्टा

युवावस्थाका लागि (१८–२५) – ७ देखि ९ घण्टा

किशोरावस्थाको लागि (१४–१७) – ८ देखि १० घण्टा

स्कुल जाने बच्चाको लागि (६–१३) – ९ देखि ११ घण्टा

प्राथमिक विद्यालयका बच्चाको लागि (३–५) – १० देखि १३ घण्टा

बच्चाको लागि (१–२ वर्ष) – ११ देखि १४ घण्टा

शिशुको लागि (४–७ महिना) – १२ देखि १५ घण्टा

नवजातको लागि (जन्मदेखि ३ महिना) – १४ देखि १७ घण्टासम्म

उमेर अनुसार निद्रा आवश्यक

नेशनल स्लीप फाउन्डेसनको रिपोर्ट अनुसार मान्छेको उमेर अनुसार उसलाई आवश्यक निद्रा पहिचान गरिएको हुन्छ । रिपोर्टमा बच्चादेखि बुढो मान्छेसम्म कसले कति घण्टा सुत्ने भनेर समय तय गरिएको छ ।

तौल नियन्त्रणमा उपयोगी

निद्राको कमीले मान्छेको तौलमा असर गर्छ । कम निद्राका कारण जुनसुकै उमेरका मानिसको तौल पनि बढ्न जान्छ ।

निद्राको कमीका कारण हाम्रो पाचन प्रणाली ढिलोगरी चल्छ । सरल भाषामा भन्दा अधुरो निद्राले हाम्रो क्यालोरी जलाउने दर घटाउँछ । यसले गर्दा हाम्रो शरीरमा कार्बोहाइड्रेट र बोसोको भण्डारण बढी हुन्छ ।

निद्राको कमीले भोक बढाउँछ । कोही मान्छे कम सुत्दा दिनभरि असहज महसुस गर्ने खालका हुन्छन् । त्यस्तो मान्छे निद्रा नपुग्दा अरुसँग बढी रिसाउने र झर्किने गर्छन् ।

यस्तो अवस्थामा चिनी युक्त खानाले भोक मेटाउँछ तर यसको कारण उनीहरुको तौल बढ्ने सम्भावना हुन्छ ।

मानसिक स्थितिमा सुधार

हाम्रो मस्तिष्कले केही देखेर, सुनेर वा स्पर्श गरेर कुनै पनि कुराको संकेत गर्ने गर्छ । यी संकेतहरु भण्डारण गर्न आवश्यक छ । मानव मस्तिष्कले निद्राको समयमा यी संकेतहरुको भण्डारणको प्रक्रिया पूरा गर्छ ।

यदि तपाईं उमेर अनुसार पर्याप्त भन्दा अधिक सुत्नुहुन्छ भने तपाईंमा याद गर्ने र बुझ्ने क्षमता बढ्छ । पर्याप्त निद्राका कारण मस्तिष्कले राम्रोसँग काम गर्न पाउँछ ।

अनुसन्धानहरुले पनि यसलाई पुष्टि गरिसकेको छ कि मानिसहरु आफ्नो रचनात्मकता देखाउनको लागि पर्याप्त निद्रा लिन्छन् । उनीहरु अरुभन्दा धेरै सक्रिय हुन सक्छन् ।

हृदय स्वास्थ्यमा सुधार

निद्रामा हुने कमीका कारण कमरको आकार र तौल बढ्न जान्छ । जो मानिसहरु औसतभन्दा कम निद्रा लिन्छन् भने यसले उच्च रक्तचापको समस्या पनि सिर्जना हुन्छ ।

अनुसन्धानमा कम निद्राका कारण उच्च रक्तचाप निम्तिन सक्ने देखाएको छ । साथै, तनाव सिर्जना गर्ने हर्मोनको अधिक र अनियमित मुटुको धड्कन पनि मुटुको समस्याको मुख्य कारण हुन सक्छ ।

प्रतिरक्षा प्रणाली बढाउँछ

निद्राको गुणस्तर र शरीरको प्रतिरक्षाका बीचमा सीधा सम्बन्ध हुन्छ । यो फ्लु वा चिसोका कारण सामान्य संक्रमणसँग लड्नका लागि उपयोगी हुन्छ ।

कम निद्रा र पातलो निद्राले एन्टिबडीलाई प्रभावित गर्छ । अर्कोतर्फ यदि तपाईं सामान्यभन्दा बढी सुत्नुहुन्छ भने प्रतिरक्षा प्रणाली पनि बलियो हुन्छ ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap