आज २० औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव देशका बिभिन्न ठाउँमा मनाइँदै


लेखक : सुन्दराञ्चल      असार १५, २०८० मा प्रकाशित     
आज २० औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव देशका बिभिन्न ठाउँमा  मनाइँदै

असार १५, शुक्रबार , ‘जलवायु अनुकूलित कृषकमैत्री प्रविधि, धान उत्पादनमा वृद्धि’ मूल नाराका साथ आज २० औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाइँदैछ।

२०६१ मा विश्वका ४३ राष्ट्रले संयुक्त राष्ट्रसंघलाई अन्तर्राष्ट्रिय धान वर्ष घोषणा गर्न अनुरोध गरेका थिए । राष्ट्रसंघले धान वर्ष घोषणा गरेपछि नेपालले पनि राष्ट्रिय धान दिवस मनाउने निर्णय गरेको थियो। आज राष्ट्रिय धान दिवस| Nepal Marga

२९ मंसिर २०६१ मा मन्त्रिस्तरीय निर्णय गरी १५ असार २०६२ देखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो। विश्वको जनसंख्याको आधा मानिसको मुख्य खाना नै चामल हो। ९० प्रतिशत धान एसियामै उत्पादन हुने गर्छ। उत्पादनको आधा एसियामै खपत हुने गरेको छ।

नेपालमा धानको उत्पादन वृद्धि हुँदा आर्थिक वृद्धिदर बढ्ने गरेको छ। नेपालमा अधिकांशको पेसा खेतीपाती हो । किसान वर्षभरका लागि छाक जुटाउन यो महिना खेतीमा व्यस्त हुन्छन् । आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै धान छुपुछुपु रोपिन्छ । ‘छुपु र छुपु हिलोमा धान रोपेर छोडौंला, बनाई कुलो लगाई पानी आएर गोडौंला’ जस्ता गीत गाएर खेतमै रमाइलो पनि गरिन्छ।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap