आज सोनाम ल्होसार मनाइँदै, देशभर सार्वजनिक बिदा


लेखक : सुन्दराञ्चल      माघ १७, २०८१ मा प्रकाशित     
आज सोनाम ल्होसार मनाइँदै, देशभर सार्वजनिक बिदा

माघ १७, मातामाङ समुदायले आज सोनाम ल्होसार पर्व मनाउँदै छन् । तामाङ समुदायले प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन नयाँ वर्षको रूपमा विविध कार्यक्रम गरी सोनाम ल्होसार पर्व मनाउने गर्छन् ।

तामाङ भाषामा ‘ल्हो’को अर्थ ‘वर्ष’ वा ‘वर्ग’ तथा सारको अर्थ ‘नयाँ’ भन्ने हुन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ । ल्होसारका १२ वटै वर्ग पशुपक्षीको नामबाट गणना गरिएकाले तामाङ समुदायलाई प्रकृति पूजक पनि भन्ने गरिन्छ ।

यस पर्वमा तामाङ समुदायले कुल पूजा, प्रकृति पूजा र बुद्धका सन्देशको स्मरण गर्नुका साथै आफन्तजन भेला भई मनोरञ्जन गर्दै आपसमा खुशी आदानप्रदान गर्ने गर्दछन् । सोनाम ल्होसारका अवसरमा सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ ।

देशका विभिन्न स्थानमा बसोवास गर्ने तामाङ सहित ह्योल्मो, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा, लेप्चा आदि जाति तथा समुदायहरूले आआफ्नै शैली र परम्परा अनुसार यो पर्व मनाउँदै आएको पाइन्छ ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap