आज यी चार प्रदेशमा वर्षा र हिमपातको सम्भावना


लेखक : सुन्दराञ्चल      माघ ३, २०८१ मा प्रकाशित     
आज यी चार प्रदेशमा वर्षा र हिमपातको सम्भावना

३ माघ   हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशका पहाडी भूभागमा आंशिक बदली रहेको छ । सुदूरपश्चिम प्रदेशलगायत तराईका केही स्थानहरूमा हुस्सु लागेको अवस्था छ।

कोशी प्रदेश– आज दिउँसो हिमाली क्षेत्रमा आंशिक बदली रही एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । पहाडी र तराई क्षेत्रमा आंशिक बदली रहने सम्भावना रहेको छ । राति हिमाली क्षेत्रमा आंशिक बदली रही एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । पहाडी र तराई क्षेत्रमा आंशिक बदली रहने सम्भावना रहेको छ ।
Laxmi sunrise bank 2034

मधेस प्रदेश– दिउँसो तराई क्षेत्रमा आंशिक बदली रहने सम्भावना रहेको छ । राति पनि तराई क्षेत्रमा आंशिक बदली रहने सम्भावना रहेको छ ।

बागमती प्रदेश– दिउँसो हिमाली क्षेत्रमा आंशिक बदली रही एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । पहाडी क्षेत्रमा आंशिक बदली रहने सम्भावना रहेको छ । तराई क्षेत्रमा आंशिक बदली रहने सम्भावना रहेको छ । राति हिमाली क्षेत्रमा आंशिक बदली रही एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । पहाडी र तराई क्षेत्रमा आंशिक बदली रहने सम्भावना रहेको छ ।
गण्डकी प्रदेश– दिउँसो आंशिक देखि साधरणतया बदली रही थोरै स्थानमा हल्का वर्षा साथै हल्का हिमपातको सम्भावना रहेको छ । राति हिमाली क्षेत्रमा आंशिक देखि साधरणतया बदली रही थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । पहाडी र तराई क्षेत्रमा आंशिक देखि साधरणतया बदली रहने सम्भावना रहेको छ ।

लुम्बिनी प्रदेश– दिउँसो आंशिकदेखि साधरणतया बदली रही एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । राति पहाडी र तराई क्षेत्रमा आंशिक देखि साधरणतया बदली रहने सम्भावना रहेको छ ।

कर्णाली प्रदेश– दिउँसो आंशिक देखि साधरणतया बदली रही धेरै स्थानमा हल्का देखि मध्यम वर्षा साथै हल्का हिमपातको सम्भावना रहेको छ । राति हिमाली क्षेत्रमा आंशिक देखि साधरणतया बदली रही थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । पहाडी क्षेत्रमा आंशिक देखि साधरणतया बदली रहने सम्भावना रहेको छ ।

सुदूरपश्चिम प्रदेश–दिउँसो हिमाली क्षेत्रमा आंशिक देखि साधरणतया बदली रही धेरै स्थानमा हल्का देखि मध्यम वर्षा साथै हल्का हिमपातको सम्भावना रहेको छ । पहाडी क्षेत्रमा आंशिकदेखि साधरणतया बदली रही थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । तराई क्षेत्रमा आंशिक देखि साधरणतया बदली रही एक–दुई स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । राति हिमाली क्षेत्रमा आंशिक देखि साधरणतया बदली रही थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । पहाडी क्षेत्रमा आंशिक देखि साधरणतया बदली रहने सम्भावना रहेको छ । तराई क्षेत्रमा आंशिक बदली रहने सम्भावना रहेको छ ।

कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाका साथै गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा तथा  कर्णाली  र सुदूरपश्चिम र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूका  उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेकोले दैनिक जनजीवन, स्वास्थ्य, यातायात, पर्यटन तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap