महादेव गिरी संवाददाता
धनगढी मंसिर २२, आज मंसिर २२ गतेदेखि पुस २ गतेसम्म आयोजना हुने सुदूरपश्चिम महोत्सवको तयारी अन्तिम चरणमा पुगेको कैलाली उद्योग बाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले बताएका छन् ।
१६ औँ संस्करणको महोत्सवको एक विशेष समारोहबीच प्रधानमन्त्री तथा नेपाली काग्रेसका सभापति शेर बहादुर देउवाले गर्नु हुने अध्यक्ष कँवरले बताए ।
कैलाली उद्योग बाणिज्य संघले सुदूरपश्चिम प्रदेशको कृषि, उद्योग, पर्यटन, कलासंस्कृति र व्यापार व्यवसायको प्रवद्र्धन गर्ने उद्देश्यले २०६३ सालदेखि हरेक वर्ष मंसिर २२ गतेदेखि पुस २ गतेसम्म आयोजना गर्दै आएको छ

कैलाली उदोग बाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवर अनुसार महोत्सवमा राष्ट्रिय कलाकारहरुको बेजोड उपस्थिति रहने बताए । कैलाली उद्योग बाणिज्य संघका अनुसार सुदूरपश्चिम महोत्सबमा चर्चित लोक तथा दोहोरी गायकहरु प्रमोद खरेल, पशुपति शर्मा ,राम्जी खाँण, राजेश पायल राइ, सुगम पोखरेल,रमेशराज भट्टराई, खुमन अधिकारी ,प्रिति आले, प्रकाश सपुत , टंक तिमिल्सिना,चक्र बम, टंक तिमिल्सिना,रबि ओड, प्रताब दास , अस्मिता अधिकारि लगायतका कलाकारहरुको उपस्थिति रहने आयोजकले जानकारी दिए ।