आज पनि देशका केही भू-भागमा वर्षा र हिमपातको सम्भावना


लेखक : सुन्दराञ्चल      माघ २८, २०७८ मा प्रकाशित     
आज पनि देशका केही भू-भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं माघ २८ आज पनि देशका केही भू-भागमा वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार शुक्रबार प्रदेश-१, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा हल्का वर्षा र सो प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका हल्का हिमपातको सम्भावना रहेको हो ।

बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।  शुक्रबार राति  प्रदेश-१ को पहाडी भू-भागका एक/दुई स्थानमा हल्का वर्षा र सो प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसमविद्ले जनाएका छन् ।
मौसम बदलीसँगै वर्षा र हिमपात – Online Khabar
हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । आज बिहान देशको पहाडी भूभागमा आंशिक बदली र तराईका थोरै भू-भागमा हुस्सु र कुहिरो रहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार शनिबारदेखि मौसम सामान्यतया सफा रहनेछ । फरकधार

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap