आज पनि देशका केही भू-भागमा हिमपात र वर्षाको सम्भावना


लेखक : सुन्दराञ्चल      माघ १९, २०७८ मा प्रकाशित     
आज पनि देशका केही भू-भागमा हिमपात र वर्षाको सम्भावना

माघ १९आज पनि देशका केही भू-भागमा हिमपात र वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार दिउँसो देशका उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना रहेको हो ।

प्रदेश-१, मधेस, बागमती र गण्डकी प्रदेशमा भने आंशिकदेखि सामान्य बदली रहनेछ । आज राति सुदूरपश्चिम र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानका हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

 

प्रदेश–१, मधेश, बागमती तथा गण्डकी प्रदेशमा हल्का वर्षाको सम्भावना छ । महाशाखाका अनुसार हाल देशमा पश्चिमी  वायुको सामान्य प्रभाव रहेको छ । आज रातिबाट यस प्रणालीको प्रभाव बढ्ने महाशाखाले जनाएको छ ।

आज पनि वर्षा तथा हिमपातको सम्भावना कायमै रहेकोले चिसोबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन मौसमविद्ले अनुरोधसमेत गरेका छन् । फरकधार

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap