आज देशको पहाडी भू–भागमा आंशिक बदली रहने


लेखक : सुन्दराञ्चल      अशोज २४, २०८१ मा प्रकाशित     
आज देशको पहाडी भू–भागमा आंशिक बदली रहने

आश्विन २४, देशका पहाडी भू-भागमा आंशिक देखि साधरणतया बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । बाँकी भू-भागमा कतै आंशिक बदली छ भने अन्य ठाउँमा मौसम मुख्यतया सफा छ ।

आज दिउँसो देशका पहाडी भू-भागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेशका थोरै स्थानहरुमा तथा बागमती प्रदेश र गण्डकी प्रदेश लगायत बाँकी पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ ।

यस्तै आज राति कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेशका थोरै स्थानहरूमा तथा बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap