आज देशका विभिन्न स्थानमा वर्षाको सम्भावना


लेखक : सुन्दराञ्चल      असार ९, २०७९ मा प्रकाशित     
आज देशका विभिन्न स्थानमा वर्षाको सम्भावना

असार ९ काठमाण्डौ.आज देशका विभिन्न स्थानमा वर्षाको सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश–१, मधेश, बागमती र गण्डकीका केही स्थान तथा कर्णाली र लुम्बिनी प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना रहेको हो ।

प्रदेश–१ का एकरदुई स्थानमा भने भारी वर्षाको पनि सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रदेश–१, मधेश, बागमती र गण्डकीमा मनसुनी वायुको प्रभाव रहेको छ । अन्य भूभागमा स्थानीय वायु, पश्चिमी वायु तथा भारतको उत्तर प्रदेश र बिहारमा रहेको पूर्व–पश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको छ ।

 

शुक्रबार दिउँसो प्रदेश–१ को एकरदुई स्थानमा तथा राति प्रदेश–१ सहित गण्डकीका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।

शनिबार प्रदेश–१, बागमती र लुम्बिनीका एकरदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap