आज देखी एसईईको उत्तरपुस्तिका परीक्षण गर्न सुरु,असार तेस्रो हप्ताभित्र नतिजा सार्वजनिक गर्ने


लेखक : सुन्दराञ्चल      बैशाख १०, २०८० मा प्रकाशित     
आज देखी एसईईको उत्तरपुस्तिका परीक्षण गर्न सुरु,असार तेस्रो हप्ताभित्र नतिजा सार्वजनिक गर्ने

काठमाडौं १० वैशाख,  । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले माध्यामिक शिक्षा परीक्षा (एसईई) को उत्तरपुस्तिका परीक्षण सुरु गरेको जनाएको छ ।

परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले शनिबारदेखि केही परीक्षा नियन्त्रण कार्यालयमा र आइतबारदेखि अधिकांश परीक्षण केन्द्रमा विद्यार्थीको उत्तरपुस्तिका परीक्षण सुरु भएको जानकारी दिए ।

कार्यालयले ५० भन्दा बढी परीक्षण केन्द्रमा विद्यार्थीको उत्तरपुस्तिका जाँच भइरहेको जनाएको छ ।

चैत १७ गतदेखि २९ गतेसम्म भएको परीक्षामा ७७ जिल्लाका २ हजार ३६ परीक्षा केन्द्रबाट करिब पाँच लाख विद्यार्थी सहभागी भएको पनिकाले जनाएको छ ।नतिजा असारको तेस्रो हप्ताभित्र सार्वजनिक गर्ने तयारी भइरहेको कार्यालयले जनाएको छ ।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap