आज चर्चित लोदोहोरी गायक पुष्कल शर्मा, टेक बीसी र नरेश जोशी प्रस्तुति रहने


लेखक : सुन्दराञ्चल      मंसिर २५, २०८० मा प्रकाशित     
आज चर्चित लोदोहोरी गायक पुष्कल शर्मा, टेक बीसी र नरेश जोशी प्रस्तुति रहने

 मंसिर २५,सुदूरपश्चिम महोत्सवको चौथो दिन आज चर्चित राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुति रहने भएको छ । आईतबार चर्चित गायिका एलिना चौहान र गायक उर्गेन डोङले दर्सकहरुलाई रमाइलो गराएका थिए । आज भने चर्चित लोदोहोरी गायक पुष्कल शर्मा, टेक बीसी र नरेश जोशी आउने कार्यक्रम संयोजक मिलन कुँवरले जानकारी दिए ।

त्यसैगरी कार्यक्रम उद्घोषण गायीका मञ्जु पौडेल रहने र स्थानीय कलाकारहरुको समेत विशेष प्रस्तुती रहने संयोजक कुँवरले जानकारी दिए । मंसिर २२ गतेबाट सुरु भएको महोत्सव पुष २ गतेसम्म चल्ने छ । यस बर्षको महोत्सवमा थारु गाउँ ,फोटो प्रर्दशनी , स्थानीय परिकार,कला संस्कृति मुख्य आर्कषण रहेका छन् ।

महोत्सवको टिकट मोवाइल वालेट खल्तीबाट किन्न सकिने आयोजकले जनाएको छ । साधारणलाई रु १०० र विद्यार्थीलाई रु ५० टिकट निर्धारण गरिएको छ ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap