आज आमाको मुख हेर्ने दिन


लेखक : सुन्दराञ्चल      बैशाख ७, २०८० मा प्रकाशित     
आज आमाको मुख हेर्ने दिन

 वैशाख, ७ । आमाको मुख हेर्ने दिन काठमाडौंको चन्द्रागिरि नगरपालिका–६ स्थित मातातीर्थ कुण्डमा स्नान तथा दर्शन गर्नेहरुको घुइँचो लागेको छ ।

आमा नभएकाहरु औंसीको अघिल्लो दिन नै मातातीर्थमा गएर आमाको सम्झनामा बत्ती बाल्ने, जाग्राम बस्ने र बिहानै कुण्डमा स्नान गरी तर्पण दिने गर्दछन् । श्रद्धालुले त्यहाँ रहेको आमाको प्रतिमाको दर्शन गरी फूलप्रसाद चढाउँछन् ।

मातातीर्थमा स्नान गर्नाले छोराछोरी आमालाई तिर्नुपर्ने ऋणबाट मुक्त हुने विश्वास रही आएको छ । यही विश्वासका साथ हरेक वर्ष वैशाख कृष्णपक्ष औंसीका दिन जन्मदाता आमालाई सम्मान प्रकट गर्नेहरुको मातातीर्थमा घुइँचो लाग्दछ । मातातीर्थ मेलाको अवसरमा आज चन्द्रागिरि नगरपालिकाभर सार्वजनिक विदा नै दिइएको छ ।

मातातीर्थ संरक्षण तथा विकास संस्थाका अध्यक्ष शान्त उदासका अनुसार यसपटक पाँच लाखभन्दा बढी भक्तजनले मेला भर्ने अनुमान गरिएको छ । उनले भक्तजनलाई व्यवस्थितरुपमा कुण्डमा स्नान गर्ने व्यवस्था मिलाइएको जानकारी पनि दिए ।

आमाको मुख हेर्ने दिनलाई आमा खुवाउने औंसी वा मातृ दिवस पनि भन्ने गरिन्छ । यस दिन आमालाई मीठा मीठा खानेकुरा खान दिने, वस्त्र लगायतका उपहार दिने र आशिर्वाद लिने चलन छ ।

आमाभन्दा टाढा रहेकाहरुले टेलिफोन गरेर आशिर्वाद लिन्छन् । हिजोआज सामाजिक सन्जालमा आमाको तस्वीर राखी श्रद्धा प्रकट गर्ने चलन बढेको छ ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap