आज आउँदै छन् राष्ट्रिय कलाकार प्रमोद खरेल र चेतन बोहरा सुदूरपश्चिम महोत्सवमा ,


लेखक : सुन्दराञ्चल      मंसिर २९, २०७९ मा प्रकाशित     
आज आउँदै छन्  राष्ट्रिय कलाकार प्रमोद खरेल र चेतन बोहरा सुदूरपश्चिम महोत्सवमा ,

महादेव गिरी संवाददाता,

धनगढी मंसिर २९,  मंसिर २२ गतेदेखि पुस २ गतेसम्म सञ्चालन भइरहेको सुदूरपिश्चम महोत्सवको आज आठौं दिन रहेको छ ।

आज बिहीवार राष्ट्रिय गायक प्रमोद खरेल, चेतन बोहरा र स्थानिय कलाकारहरु को बेजोड प्रस्तुति रहने छ । हिजो बुधबार प्रकाश सपुत र टिका प्रसाई को बेजोड प्रस्तुति रहेको थियो भने स्थानिय कलाकारहूको पनि प्रस्तुति रहेको कैलाली उद्योग बाणिज्य संघले सुन्दराञ्चललाइ बताए ।

कैलाली उद्योग बाणिज्य संघका अनुसार यो महोत्सव हामी सबै सुदूरपश्चिमेली सबैको रहेकाले हामीले नै यो कला , संस्कृति, भेस भुसालाई माया गरिराख्नु प्रर्ने बताए ।

सुदूरपश्चिम महोत्सव सुदूरपश्चिम प्रदेशको कृषि, उद्योग, पर्यटन, कलासंस्कृति र व्यापार व्यवसायको प्रवद्र्धन गर्ने उद्देश्यले २०६३ सालदेखि हरेक वर्ष मंसिर २२ गतेदेखि पुस २ गतेसम्म आयोजना गर्दै आएको छ

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap