आज आइतवारदेखि चार दिन गर्मी बिदा धनगढीमा ,


लेखक : सुन्दराञ्चल      जेष्ठ २८, २०८० मा प्रकाशित     
आज आइतवारदेखि चार दिन गर्मी बिदा धनगढीमा ,

धनगढी जेष्ठ २८, धनगढीमा आज आइतवारदेखि गर्मी बिदा हुने भएको छ। अत्याधिक गर्मी हुनथालेपछि धनगढी उपमहानगरपालिकाले शुक्रवार एक सूचना जारी गर्दै चार दिन बिदा दिएको हो।

वर्षे वा हिउँदे बिदाबाट मिलान हुने गरी विद्यालय बन्द गर्ने निर्णय गरेको सूचनामा उल्लेख गरिएको छ। साथै दादुरा र रुबेला खोप लगाउन तोकिएको विद्यालयमा प्रभाव नपर्नेगरी बन्द गर्न समेत पालिकाले सूचनामार्फत विद्यालयलाई अनुरोध गरेको छ।

 

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap