आजदेखि धनगढीमा सुदूरपश्चिम महोत्सव सुरु हुँदै….


लेखक : सुन्दराञ्चल      चैत्र १०, २०७८ मा प्रकाशित     
आजदेखि धनगढीमा सुदूरपश्चिम महोत्सव  सुरु हुँदै….

धनगढी,चैत्र १०। कैलालीकोधनगढीमा आजदेखि सुदूरपश्चिम महोत्सव २०७८ चैत्र १० गते देखी २० गते सम्म हुने छ। धनगढी उपमहानगरपालिका वडा नम्बर १ स्थित पशुपति टोलमा लाग्ने महोत्सवको उद्घाटन । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले दिउँसो २ बजे उद्घाटन गर्ने कार्यक्रम छ।

भने आयोजक कैलाली उद्योग बाणीज्य संघले हिजो पत्रकार सम्मेलनको आयोजना गरी महोत्सवको तयारी बारे जानकारी गराएको हो । आजबाट सुरु हुने महोत्सव २० गतेसम्म चल्ने छ । आज बिहान बिहान १० बजे प्रभातफेरीको आयोजना गरिएको छ ।

महोत्सवमा अनुमानित २ करोडको लगानीमा उत्कृष्ट रुपमा सम्पन्न गरिने छ भने महोत्वस उद्योगी व्यवसायको १० करोड वरावरको कारोवार हुने अनुमान गरिएको संघका अध्यक्ष पुष्पराज कुँवरले बताए ।

महोत्सवमा कृषि,जडिवुटी,हस्तकला, फर्निचर,अटोमोवाइल्स,गारमेन्ट,इलेक्टोनिकल,होटल र सुचना प्रविधि गरि २५० जति संख्याको स्टलहरुको सहभागीता रहेको छ । पहिलाको भन्दा फरक ठाउँमा भएको हुँदा सुरक्षा निकायहरुमा सुरक्षा व्यवस्थालाई चुस्त गराइदिन आयोजकले अनुरोध गरेको छ ।

अहिले सम्म स्टल ९५ प्रतिशत वुक भएसकेको छ, भने महोत्सवको मुख्य प्रवद्र्धक सुदूरपश्चिम प्रदेश सरकार रहेको छ, प्रर्वद्धक धनगढी उपमहानगरपालिका रहेको छ त्यसै गरि मुख्य प्रायोजक यशोदा फुड्स प्रा।लि।रहेको छ ।

महोत्सवमा स्थानीय उत्पादन र महिला उद्यमीलाई प्रोत्साहन गरिएको छ भने यस वर्षको महोत्सवमा करिब ४ लाख व्यक्तिले अवलोकन गर्ने अनुमान गरिएको छ ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap