आजदेखि खसीबोका र च्याङ्‍ग्रा बिक्री गर्ने भएको छ


लेखक : सुन्दराञ्चल      अशोज १२, २०७९ मा प्रकाशित     
आजदेखि खसीबोका र च्याङ्‍ग्रा बिक्री गर्ने भएको छ

असोज १२,  खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आजदेखि खसीबोका र च्याङ्‍ग्रा बिक्री गर्ने भएको छ । आज बिहान १० बजेदेखि  कम्पनीको थापाथलीमा रहेको  प्रादेशिक  कार्यालयबाट बिक्री  सुरु गरिने भएको हो ।

दाङ, धादिङ, मकवानपुरलगायतका जिल्लाबाट खसीबोका र दार्चुलाबाट च्याङ्‍ग्रा ल्याइएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार पहिलो चरणमा २ सय २७ वटा च्याङ्‍ग्रा काठमाडौं ल्याइएको छ । कम्पनीले हिजो खसीबोका प्रतिकेजी  ६ सय  ८०  रुपैयाँ र च्याङ्‍ग्रा प्रतिकेजी एक हजार दुई सय ६० रुपैयाँ मूल्य निर्धारण गरेको छ ।

गएको वर्ष कम्पनीले खसीबोकाको मूूल्य प्रतिकेजी ६ सय ५० रुपैयाँ निर्धारण गरेको थियो । खरिद मूल्य नै  बढेकाले  मूल्य  बढ्न  गएको  कम्पनीले जनाएको छ । कम्पनीका नायब महाप्रबन्धक श्रीमणिराज खनालले च्याङ्‍ग्रा र  खसीबोकामा  प्रतिकेजी १० रुपैयाँ छुट दिइएको जानकारी दिए । छुटमा खरिद गर्दा उपभोक्तालाई खसीबोका प्रतिकिलो ६ सय ७० रुपैयाँ र च्याङ्‍ग्रा १२ सय ५० रुपैयाँ पर्नेछ । कम्पनीले खसीबोका प्रतिकेजी ५ सय ७० देखि ६ सय रुपैयाँमा र  च्याङ्‍ग्रा  प्रतिकेजी  एक  हजार १ सय ५० रुपैयाँमा खरिद गरेको कम्पनीले जनाएको छ ।

 

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap