आजको मौसम : पहाडी भू-भागका केहि स्थानमा हल्का वर्षाको सम्भावना


लेखक : सुन्दराञ्चल      कार्तिक २०, २०८१ मा प्रकाशित     
आजको मौसम : पहाडी भू-भागका केहि स्थानमा हल्का वर्षाको सम्भावना

कार्तिक २०,  आज देशभर पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । देशभर आंशिक देखि साधारणतया बदली रहि देशका पहाडी भू-भागका एक दुइ स्थानमा हल्का वर्षा भइरहेको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ ।

कोशी प्रदेश लगायत बाग्मती प्रदेश र सुदुरपश्चिम प्रदेश देशका पहाडी भू-भागका थोरै र बाँकी पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू‍-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

आज राती देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ ।बागमती प्रदेशका र गण्डकी प्रदेशका पहाडी भू-भागका एक दुइ स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap