आगोबाट घर जोगाउन बाल्टी बोकेर छानामा


लेखक : सुन्दराञ्चल      बैशाख १४, २०८१ मा प्रकाशित     
आगोबाट घर जोगाउन बाल्टी बोकेर छानामा

१४ वैशाख, काठमाडौं , आमखोली सामुदायिक वन क्षेत्रमा लागेको डढेलो बुधबार दाङको लमही नगरपालिका–९ तेलिया गाउँमा सल्कियो । गाउँले आतंकित भए । उनीहरू आफ्ना घरका सामान जोगाउने प्रयासमा लागे ।

जंगलको आगो निभाउँदा निभाउँदै आगो बस्तीमा सल्कियो । रामबहादुर कुमाल र उनका छोरा गणेश कुमालको घर जल्यो । काठले बारेका र खरले छाएका कच्ची घरमा आगो दनदनी दन्किन थालेपछि स्थानीयको केही जोर चलेन ।

त्यसपछि स्थानीय दिनेश कुमाल आफ्नो घर जोगाउन बाल्टीमा पानी बोकेर घरको छानामाथि चढे । इमिलिया प्रहरीका इन्सपेक्टर लालबहादुर श्रेष्ठका अनुसार दिनेशमात्र होइन, प्राय सबैजसो स्थानीय आ–आफ्नो घर जोगाउन पानी बोकेर छानामाथि चढेका थिए ।

‘दिनेशमात्र होइन, गाउँका अधिकांश व्यक्ति आ–आफ्नो घर जोगाउन बाल्टी, गाग्रा र अम्खोरा लिएर छानामा चढेको दृष्य दर्दनाक थियो,’ प्रहरी निरीक्षक श्रेष्ठ भन्छन्, ‘अब घर जोगिंदैन भन्ने ठानेर होला घरभित्रका सामान पनि बाहिर निकालेका थिए ।’

उनका अनुसार जंगलको आगो भयानक थियो । प्रहरी र केही स्थानीय स्याउला र कुवाँको पानी बोकेर जंगलको आगो निभाइरहेका थिए । कुइरीमण्डल धुँवा र लप्काले आगो नियन्त्रणमा लिन नसकेपछि नजिकको लमही नगरपालिकाको दमकल मगाइएको थियो । त्यहीबेला एक्कासी रामबहादुर कुमाल र उनका छोरा गणेश कुमालको घरमा आगो लागेको देखिएको प्रहरी निरीक्षक श्रेष्ठ बताउँछन् ।

‘जंगलको आगो भयानक थियो । त्यसैले पहिल्यै हामीले दमकल मगाएका थियौं । जंगलको आगो निभाइरहेका बेला एक्कासी घरमा पो आगो सल्कियो,’ प्रहरी निरीक्षक श्रेष्ठ भन्छन्, ‘दमकल छिट्टै आइपुगेकाले दुईवटा मात्र घर जले, नत्र त बस्ती नै सखाप हुन्थ्यो ।’

आगो निभाउन करिब ३० किलोमिटर टाढा पर्ने लमही नगरपालिकासहित गढवा गाउँपालिका र घोराही उपमहानगरपालिकाका दमकल पनि आएका थिए । ती दमकलको सहायताले जंगलको आगो नियन्त्रणमा लिइएको थियो ।

आगो नियन्त्रणमा नआइन्जेल मानिसहरूले आ–आफ्नो घरको छानो छोडेनन् । ‘आगोको फिलिङ्गो छानोमा आएमा तत्कालै निभाउँछु भनेर मानिसहरू आ–आफ्नो घरको छानामा चढेका थिए,’ प्रहरी निरीक्षक श्रेष्ठ भन्छन्, ‘उनीहरू भाँडोमा पानी बोकेर करिब दुई घण्टासम्म छानोमा बसिरहे ।’

त्यो दृश्य दुरदराजका बस्तीको विवशताको थियो । यदि आगलागी भइहाल्यो भने तत्कालै दमकलको सुविधा उपयोग गर्न पाइन्छ भन्नेमा उनीहरू ढुक्क छैनन् भन्ने देखाउँथ्यो ।

 

किनभने केही दिन अगाडिमात्रै लमही नगरपालिकाको ९ नम्बर वडामै आगलागीमा परेर एक जनाको मृत्यु भएको थियो भने दुईवटा घर र एउटा गोठ जलेका थिए ।

लमही नगरपालिका वडा नम्बर ९ का अध्यक्ष भेषबहादुर केसीका अनुसार रिहारबाट बायाँतर्फ करिब ४र५ किलोमिटर यात्रा गरेपछि तेलिया गाउँ पुगिन्छ । जंगलसँग जोडिएको छ यो गाउँ । गाउँमा कुमाल, बोटे र केही क्षेत्रीको बसोबास छ । ‘धेरैजसो घर जंगलसँगै जोडिएको ऐलानी जग्गामा बनेका छन्,’ वडाध्यक्ष केसीले भने ।

आगलागी पीडित रामबहादुर कुमालले आगो समयमै निभाउन नसक्दा लत्ताकपडा र खाद्यान्न जलेर नष्ट भएको बताए ।

आगलागीपछि लमही नगरपालिकाका मेयर जोगराज चौधरी पनि तेलिया गाउँ पुगेर तत्काल राहत उपलब्ध गराउने आश्वासन दिएर फर्किएका थिए ।

वडा अध्यक्ष केसीका अनुसार अहिले आगलागी पीडितहरू आफन्तको घरमा आश्रय लिएर बसिरहेका छन् । उनीहरूलाई गाँस–बासको व्यवस्था मिलाउने प्रयास भइरहेको छ ।

 

May be an image of 1 person and text that says ""शिक्षा संस्कारको संगम" चेतन्य पाठशाला धनगढी-प, शिवनगर कलाली फोन नं. 099-၃88ဖ अबको यात्रा शिक्षा संगै संस्कारको शैक्षिक सत्र ನಂ का लागि शिशु कक्षा देखि नौ कक्षा सम्म सीमित संख्यामा संस्कार, संस्कृति, सचेतना र सक्षमताका लागि चैतन्य पाठशालाको शैक्षिक सहकार्यमा जोडिन यहॉहरुलाई हार्दिक अनुरोध गर्ददां। सिमित सिटका लागी अन्तिम चरणको प्रवेश परिक्षा मिति: २0ट৭ वैशाख 94 गते, समय बिहान 90 बजे (chaitanyadhangadhi@gmail.com ९८६०७९२१४, ९८४६०४४२६३ www.chaitanyapathashala.com धनगढी 넌 शिवनगर, कैलाली"

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap