आगामी चैत १ गतेदेखि बैंकको ब्याजदर घट्ने


लेखक : सुन्दराञ्चल      फाल्गुन २५, २०७९ मा प्रकाशित     
आगामी चैत १ गतेदेखि बैंकको ब्याजदर घट्ने

 फाल्गुन २५  आगामी चैत १ गतेदेखि बैंकको ब्याजदर घट्ने भएको छ । वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरूको संगठन नेपाल बैंकर्स संघ (एनबीए) को बिहीबार बसेको बैठकले आगामी चैत १ गतेदेखि कर्जाको ब्याजदर १ प्रतिशतले घटाउने निर्णय गरेको हो ।

सँगै यता निक्षेपको ब्याजदर समेत ०.४२ प्रतिशतले घटाउने गरी सहमति जुटेको एनबीएका एक सदस्यले जानकारी दिए । हाल वाणिज्य बैंकहरुले साधारण निक्षेपमा ६.४२ प्रतिशतदेखि ८.४२ प्रतिशतसम्म ब्याजदर प्रदान गरिरहेका छन् मुद्दती निक्षेपमा १२.४१ प्रतिशतसम्म ब्याज दिइरहेका छन् ।

यता कर्जातर्फ भने बैंकहरुले ११.५ प्रतिशत हाराहारीको बेस रेटमा ६ प्रतिशतसम्म प्रिमियम थपेर ब्याज लगाइरहेका छन् । तर, अब भने सो ६ प्रतिशतको प्रिमियममा १ प्रतिशत घटाएर कर्जाको ब्याजदर निर्धारण गर्ने तयारी बैंकहरूले गरेको ती सदस्यले जानकारी दिए । योसँगै चर्को ब्याजले समस्यामा परेका ऋणीहरूमा चैतदेखि केही राहत मिल्ने भएको छ ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap