हेलिकोप्टरमा पानी लिएर घटनास्थल पुगे मन्त्री श्रेष्ठ


लेखक : सुन्दराञ्चल      फाल्गुन २२, २०७८ मा प्रकाशित     
हेलिकोप्टरमा पानी लिएर घटनास्थल पुगे मन्त्री श्रेष्ठ

तनहुँ दमौली  २२ फागुन,तनहुँ सदरमुकाममा लागेको आगो नियन्त्रण गर्न श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ प्रभु एयरको हेलिकोप्टर लिएर दमौली पुगेका छन् ।

आज बिहानदेखि सुरु भएको आगलागी नियन्त्रणमा आउन नसकेपछि पानीसहितको हेलिकोप्टर लिएर उनी दमौली पुगेका हुन् ।

पानीसहितको हेलिकोप्टर लिएर आगलागी नियन्त्रणका लागि गएको मन्त्री श्रेष्ठको प्रेस सल्लाहकार तेजप्रसाद वाग्लेले जानकारी दिए । तनहुँ मन्त्री श्रेष्ठको गृहजिल्ला पनि हो । दमौली बजारको भोर्लेटार चोकमा आगलागी भएको छ ।

भुपाल हार्डवेयर र ज्योति हार्डवेयरमा बिहान करिब १० बजेदेखि आगलागी भएको हो । आगो अझै नियन्त्रणमा आउन सकेको छैन ।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap