आखिरमा किन खुवाइन्छ कुखुरालाई भाङ,


लेखक : सुन्दराञ्चल      असार ३, २०७९ मा प्रकाशित     
आखिरमा किन खुवाइन्छ कुखुरालाई भाङ,

असार ३ काठमाडौं, एन्टिबायोटिक्सबाट बचाउनका लागि थाइल्याण्डका किसानले आफ्ना कुखुरालाई भाङ खुवाइरहेका छन् । थाइल्याण्डको उत्तरमा रहेको शहर लाम्पाङमा कुखुरा फार्म सञ्चालन गरिरहेकाहरुले वैज्ञानिकको आग्रहमा पट–पोल्ट्री प्रोजेक्ट ९पिपिपी० सुरु गरेका छन् । यो प्रोजेक्ट चियाङ्ग माई युनिभर्सिटीको कृषि विभागका वैज्ञानिकको आग्रहमा सुरु गरिएको हो । यसबारे सबैभन्दा पहिला रिपोर्ट द नेशनल थाइल्याण्डमा छापिएको थियो ।

किसानले आफ्ना कुखुरालाई एन्टीबायोटिक औषधी दिँदासमेत तिनीहरुलाई एभियन ब्रोन्काइटिस नामको रोगले समातेको बताएका थिए । त्यसपछि यी कुखुरालाई पिपिपी अन्तर्गत भाङ भएका डाइटमा राखियो । यहाँका केही फार्मसँग भाङ फलाउनका लागि लाइसेन्स छ । भाङले कुखुराको स्वास्थ्यमा कस्तो असर पर्यो भन्नेबारे उनीहरुले अब निगरानी गरिरहेका छन् ।

हजारभन्दा बढी कुखुरालाई दिइयो भाङ मिसाइएको खाना

पिपिपी अनुसन्धानमा हजारभन्दा बढी कुखुरालाई विभिन्न मात्रामा भाङको डोज दिइयो । यसो गरेर भिन्न डोजले कुखुरामा पार्ने असर के कस्तो हुन्छ भनेर पत्ता लगाउने कोसिस गरिएको छ । यीमध्ये कतिलाई सिधै पात दिइएको छ भने केहीलाई पानीमा भाङ घोलेर दिइएको छ । त्यसपछि वैज्ञानिकले कुखुरामाथि लगातार निगरानी गरिरहेका छन् । कुखुराको विकास, स्वास्थ्य र यसका मासु र अण्डामा कस्तो फरक पर्ला भन्नेबारे जानकारी लिइँदै छ ।

भाङ खाने कुखुराको मासु र व्यवहारमा फरक छैन

वैज्ञानिकले हालसम्म यो अनुसन्धानको कुनै डाटा प्रकाशित गरेको छैन तर भाङ खुवाइएका कुखुरामध्ये केहीलाई मात्रै एभियन ब्रोन्काइटिस रोगले सताइरहेको छ भन्ने जानकारी भने दिइएको छ । वैज्ञानिकका अनुसार समस्या देखिएकाहरुमा पनि असर निकै न्युन रहेको छ । अनुसन्धानमा भाङ खुवाइएका कुखुराको मासुमा न त कुनै असर देखिएको न यिनीहरुका व्यवहारमा कुनै परिवर्तन देखिएको बताइएको छ । स्थानीयले भाङ खाइरहेका कुखुराको मासु पकाएर खाएको र उनीहरुलाई पनि कुनै समस्या नदेखिएको उक्त अनुसन्धानमा बताइएको छ ।

गाँजा–भाङलाई वैधानिक गर्ने पहिलो एशियाली देश हो थाइल्याण्ड

अब यो अनुसन्धानको सफलतापछि थुप्रै किसान आफ्ना कुखुरालाई भाङ खुवाउने प्रोजेक्टमा समावेश भइरहेका छन् । भाङको प्रयोगले कुनै हानी नभई कुखुरालाई एन्टिबायोटिक र रोगबाट जोगाउने अपेक्षासहित उनीहरु यसमा समावेश भइरहेका छन् । थाइल्याण्डले यसै महिना भाङको विषयमा आफ्नो नियममा थोरै परिवर्तन गरेको छ । थाइल्याण्ड एशियाको पहिलो यस्तो देश हो जहाँ भाङलाई अपराधको सूचीबाट हटाएको छ । तर भाङलाई कुनै अन्य तरिकाले सेवन गरेको पाइएमा कडा सजायको भने प्रावधान छ ।

कानुनमा नयाँ परिवर्तन गरिएपश्चात् थाइल्याण्डमा भाङ र गाँजाका उत्पादन र बिक्रीमाथि लागेको रोक हटेको छ । यसलाई औषधीमा पनि प्रयोग गर्न अनुमति दिइएको छ ।एजेन्सी

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap