आँखा, नाक, मुख र ओठआकर्षक बनाउन हजारौं खर्चिन्छन् महिला


लेखक : सुन्दराञ्चल      साउन १३, २०७९ मा प्रकाशित     
आँखा, नाक, मुख र ओठआकर्षक बनाउन हजारौं खर्चिन्छन् महिला

साउन १३ ,काठमाण्डौ.आँखा, नाक, मुख र ओठलाई कसरी चिरिच्याट्ट बनाउने  यसका तौरतरिका अनेक छन् । गाजल लगाएर होस् वा लिपस्टिक, आँखीभौं मिलाएर होस् वा इयर रिंग लगाएर, आफ्नो सौन्दर्यलाई निखार्न अनेकन विधि अपनाइन्छ ।

फेसियल, थ्रेडिङ, अनुहारको मेकअप, केश सज्जा जस्ता थुप्रै विधि प्रचलनमा छन्, जसले सुन्दर देखाउन सघाउँछ । त्यसैगरी नङलाई कसरी आकर्षक देखाउने रु धेरैका लागि रुचि र चासोको विषय बन्ने गर्छ । त्यसैले त नङलाई आकर्षक बनाउन हजारौं रुपैयाँ निस्फिक्री खर्च गर्न तयार हुन्छन् ।

जस्तो मेनिक्योर, पेडिक्योरदेखि नेल आर्ट, नेल एक्सटेन्सन आदि गर्ने चलन छ, जसले नङलाई थप आकर्षक देखाओस् । सामान्यत नेल आर्ट, एक्सटेन्सन वा मेनिक्योर एवं पेडिक्योर गर्न ५–६ हजार रुपैयाँ खर्च लाग्छ ।

नेट एक्टेन्सन गर्न ३५ सयदेखि ५ हजार रुपैयाँसम्म लाग्छ । प्रेस अन नेलका लागि औसत तीन हजार रुपैयाँ खर्च हुन्छ । यसमा नेल आर्ट पनि समावेश छ । सलोन र प्रयोग गर्ने सामग्रीको आधारमा खर्च घटबढ भने हुनसक्छ ।

नेल एक्सटेन्सनप्राकृतिक नङमा जेलको कृत्रिम नङ राखेर त्यसलाई प्राकृतिक नङको जस्तो आकार दिने प्रक्रिया नै नेल एक्सटेन्सन हो । नेल एक्सटेन्सन सामान्यता दुई प्रकारको हुन्छ । टिप एक्सटेन्सन र प्रेस अन नेल । टिप एक्सटेन्सन नङको टुप्पोबाट नयाँ नङ जोडेर गरिन्छ भने प्रेस अन नेल चाहिं नङको फेदैबाट नयाँ नङ जोडेर गरिन्छ । यस्ता कृत्रिम नङहरू एक्रोलिक, पोलिजेल र बिल्डरजेल गरी तीनवटा प्रकारको पाउन सकिन्छ ।नेल एक्सटेन्सनमा अहिलेको ट्रेन्ड

प्रायः नेल एक्सटेन्सनमा नै नेल आर्ट पनि समावेश हुने भएकाले होला, नेल एक्सटेन्सनपछि विभिन्न डिजाइनको नेल आर्ट गरिन्छ । अहिले बजारमा मल्टी कलर नङको ट्रेन्ड चलेको छ । गाढा र फिक्का कलर मिलाएर मल्टी कलरको नङ बनाउने चलन पछिल्लो समय बढ्दो छ ।

ओम्ब्रे डिजाइन पनि चलेको छ । ओम्ब्रे भन्नाले नङको टुप्पोमा गाढा कलर र बिस्तारै फिक्का कलर लगाउने तरिका हो । फिक्का कलर लगाएर विभिन्न चित्र कोर्ने र गिल्टर टाँसेर नङलाई सजाउने पनि धेरैले रुचाउँछन् । अनलाइनखबर

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap