असल अभिभावक शिक्षक बिद्यार्थी प्रशिक्षण कार्यक्रम धनगढीको चैतन्य पाठशालामा सम्पन्न,


लेखक : सुन्दराञ्चल      जेष्ठ १२, २०८१ मा प्रकाशित     
असल अभिभावक  शिक्षक बिद्यार्थी प्रशिक्षण कार्यक्रम धनगढीको चैतन्य पाठशालामा सम्पन्न,

धनगढी जेठ १२ , धनगढीमा रहेको चैतन्य पाठशालाले असल अभिभावक तथा शिक्षक बिध्यार्थी अभिमुखीकरण कार्यक्रम गरेको छ । असल अभिभावक तथा शिक्षक बिद्यार्थीहरुका लागी प्रशिक्षण कार्यक्रम गरिएको हो । बालबालिकाको सुनौलो भबिष्यको लागी अपरिहार्य अभिभावक तथा बिद्यार्थीको सहकार्य भन्ने नाराका साथ नेपालकै प्रख्यात मोटिभेस्नल स्पिकर टेनर डा. ताराप्रसाद गिरीद्धाराले प्रस्तुती दिईएका थिए । शिक्षा र संस्कारको सङ्गम चैतन्य पाठशालामा सम्पन्न गरिने नियमित शृङ्खला अन्तर्गत आज ुआदर्श अभिभावकु कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रममा प्रमुख नेपालकै प्रख्यात मोटिभेस्नल स्पिकर टेनर डा. ताराप्रसाद गिरीद्धाराले प्रस्तुती दिईएका थिए । उक्त चैतन्य संवादमा डा.गिरिले आदर्श अभिभावक बन्न उत्प्रेरित गर्नुभएको थियो ।
मुख्य चिन्तनका विषयहरुमा बोल्दै डा. गिरिले चैतन्य संवाद‌मा आदर्श अभिभावकका गुणहक, जिम्मेवार, अभिभावक बन्ने प्रेरणा, पाठशाला, अभिभावक र विद्यार्थीबिचको सार्थक समन्वय, पहिलो पाठशाला घर र पहिलो प्राध्यापक आमाबुबा, प्रेरणादायी अभिभावक पाठशाला र विद्यार्थीका उर्जाश्रोत हुन् भन्ने । मोटिभेस्नल स्पिकर टेनर डा. ताराप्रसाद गिरी बताए । आदर्श अभिभावकका उत्प्रेरक गिरीलेले घर पहिलो पाठशाला हो र घरबाटै संस्कारका कुराहरु सिकाउनुपर्ने, बालबालिकामा विशेष ध्यान नदिएमा बालमस्तिष्कमा आघात पुग्ने हुन्छ । त्यसैले आभिभावकले आफ्ना बालबालिकालाई सुन्नुपर्ने कुरा बताए ।आफ्ना जीवनका भोगाइ र व्यावहारिक ज्ञानबाट अभिभावकलाई उत्प्रेरित गर्नुभएको थियो ।
उक्त कार्यक्रममा विद्यालयका अध्यक्ष गणेशप्रसाद जोशीले आदर्श अभिभावक शिक्षाले बालबालिको सिकाइ‌मा थप सहज हुने। नियमित शृङ्‌खलाहरु पाठशालाले गर्दै आइरहेको र चैतन्य संवादले अभिभावकहरुलाई आदर्श र असल बनाउन सहयोग गर्नेछ र यस्ता कार्यक्रममा नियमित रुपमा अभिभावकले उपस्थित हुनपर्ने कुरा बताउनु भयो।

धनगढी उपमहानगरपालिका वडा नं। १८ का वडा अध्यक्ष भुवन रिजालले उक्त कार्यक्रममा बोल्दै यस्ता कार्यक्रम आफुले अहिलेसम्म नपाएको र अभिभावहरुलाई बेला बेला चैतन्यले दिने गरेको आदर्श अभिभावक कार्यक्रम अत्यन्तै प्रभावकारी हुने गरेको बताए । चैतन्य पाठशालाले असल अभिभावक तथा शिक्षक बिध्यार्थी अभिमुखीकरण कार्यक्रममा शिक्षक, बौदिक व्यक्ती,समाज सेवी, रानितिज्ञ, अभिभावक , लगाएतको उपस्तिथी रहेको थियो ।

May be an image of one or more people, crowd and textMay be an image of 7 people and textMay be an image of 10 people

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap