अष्ट्रेलिया र भारतको भन्दा तीव्र !नेपालको इन्टरनेट


लेखक : सुन्दराञ्चल      भदौ ५, २०८० मा प्रकाशित     
अष्ट्रेलिया र भारतको भन्दा तीव्र !नेपालको इन्टरनेट

 काठमाडौं  ५ भदौ,। तपाईलाई आफूले घरमा प्रयोग गरिरहेको इन्टरनेटको स्पीड चित्त बुझेको छ ? वास्तवमा नेपालमा प्रायः इन्टरनेट प्रयोगकर्ताको गुनासो नै इन्टरनेटको गति निकै सुस्त रहेको हुने गर्दछ । तर, यस्तो गुनासो गरिरहँदा सायद हामीलाई थाहा छैन होला कि हाम्रो देशको इन्टरनेटको गति भारत र अष्ट्रेलियाको भन्दा उच्च रहेछ ।

विश्वव्यापी रुपमा ब्रोडब्याण्ड तथा मोबाइल इन्टरनेटका विषयमा अध्ययन तथा विश्लेषण गरी रिपोर्ट सार्वजनिक गरिरहने अमेरिकी कम्पनी Ookla को स्पीडटेस्ट डट नेटले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार फिक्स्ड ब्रोडब्याण्ड इन्टरनेटको गतिका हिसाबले नेपाल विश्वका मुलुकहरुमध्ये ८२ स्थानमा छ ।

१ सय ८२ वटा देशको सूचीमा अष्ट्रेलिया, भारत, इजिप्ट, दक्षिण अफ्रिका, बंगलादेश, पाकिस्तान, टर्की लगायतका देशहरु नेपालभन्दा पछाडि छन् । उक्त सूची अनुसार नेपालको फिक्स्ड ब्रोडब्याण्ड इन्टरनेटको औषत गति ५५.५७ एमबीपीएस छ । जबकि अष्ट्रेलियाको ५३.८८ र भारतको ५३.४२ एमबीपीएस रहेको छ ।

रिपोर्ट अनुसार विश्वको फिक्स्ड ब्रोडब्याण्ड इन्टरनेटको औषत डाउनलोड गति ८२.५६ एमबीपीएस रहेको छ भने अपलोड गति ३६.८० एमबीपीएस रहेको छ ।

 सिंगापुर पहिलो स्थानमा

उक्त सूची अनुसार सिंगापुर विश्वमा सर्वाधिक गतिको फिक्स्ड ब्रोडब्याण्ड इन्टरनेट भएको मुलुक बनेको छ । त्यहाँको फिक्स्ड ब्रोडब्याण्ड इन्टरनेटको गति २४७.४४ एमबीपीएस रहेको छ ।

त्यस्तै दोश्रो स्थानमा २४२.९९ एमबीपीएस सहित हंगकंग छ भने तेश्रो स्थानमा चिली रहेको छ । चिलीको इन्टरनेट स्पीड २४०.३४ एमबीपीएस रहेको छ ।

चौथोमा युएई (२३८.२८) र पाँचौँमा थाइल्याण्ड (२११.२८) छ भने अमेरिका छैटौँ स्थानमा छ । अमेरिकामा ब्रोडब्याण्ड इन्टरनेटको गति २०७.३२ एमबीपीएस रहँदा सातौँ स्थानमा रहेको चीनको स्पीड १९३.६६ रहेको छ ।

त्यस्तै आठौँमा १९२.६८ एमबीपीएस सहित डेनमार्क रहँदा नबौँमा स्पेन रहेको छ । स्पेनको ब्रोडब्याण्ड इन्टरनेट स्पीड १७८.९४ एमबीपीएस छ भने दशौँ स्थानको ताइवानको इन्टरनेट गति १७७.४३ एमबीपीएस छ ।

मोबाइल इन्टरनेट गतिमा नेपाल १२७ औँ स्थानमा

फिक्स्ड ब्रोडब्याण्ड इन्टरनेटको विधामा विश्वका ठूला ठूला देशहरुलाई पछि पारेको नेपाल मोबाइल इन्टरनेटको क्षेत्रमा भने निकै पछि देखिन्छ । उक्त सूचकांक अनुसार कूल १४३ देशमध्ये नेपाल १२७ औँ स्थानमा रहेको छ ।

नेपालको मोबाइल इन्टरनेटको गति १३.९६ एमबीपीएस छ ।मोबाइल इन्टरनेट गतिको हिसाबमा दक्षिण एसियाका सबै मुलुक नेपालभन्दा अगाडि छन् भने नेपाभन्दा पछाडि रहेका अधिकांश मुलुकहरु अफ्रिकी महादेशका छन् ।

पहिलो नम्बरमा युएई

ब्रोडब्याण्ड इन्टरनेट गतिको विधामा चौथो स्थानमा रहेको युएई मोबाइल इन्टरनेटको गतिमा भने विश्वकै पहिलो स्थानमा रहेको छ ।

युएईको मोबाइल इन्टरनेटको स्पीड २०५.७७ एमबीपीएस रहेको छ । त्यस्तै दोश्रो स्थानको कतारमा मोबाइल इन्टरनेट स्पीड १८६.३५ रहँदा तेश्रो स्थानको कुवेतको १६०.८७ एमबीपीएस छ ।

चौथो स्थानमा दक्षिण अमेरिकी मुलुक उरुग्वे छ । जसको मोबाइल इन्टरनेट स्पीड १४९.०८ एमबीपीएस रहँदा पाँचौ स्थानको दक्षिण कोरियाको १४०.४९ रहेको छ ।

छैटौँ स्थानमा नर्वे (१२२.७२), सातौँ स्थानमा ब्रुनाई (१२०.८४), आठौँमा आइसल्याण्ड(१०९.२८) तथा नबौँमा नेदरल्याण्डस् (१०६.२७) रहँदा दशौँ स्थानमा रहेको डेनमार्कको मोबाइल इन्टरनेटको स्पीड १०१.१९ एमबीपीएस रहेको छ ।

यो सूचीमा चीन १२ औँ, अष्टेलिया १४ औँ, सिंगापुर २० औँ, अमेरिका २२ औँ, हंगकंग ४२ तथा भारत ५३ औँ स्थानमा रहेको छ । एजेन्सीको सहयगमा

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap