अष्ट्रेलियाली सांसद काइल म्याकगिनले संसदमै ‘शूई’ गर्दै जुत्ताबाट बियर पिए,


लेखक : सुन्दराञ्चल      जेष्ठ १२, २०८२ मा प्रकाशित     
अष्ट्रेलियाली सांसद काइल म्याकगिनले संसदमै ‘शूई’ गर्दै जुत्ताबाट बियर पिए,

जेठ ११ ,अष्ट्रेलियाका एक सांसद काइल म्याकगिनले संसद बैठकमा जुत्तामा बियर राखेर पिएका छन् । संसदमा आफ्नो अन्तिम सम्बोधनपछि उनले गरेको यो क्रियाकलापको भिडियो अहिले सामाजिक सन्जालमा भाइरल भएको छ ।

भिडियोमा सांसद काइल म्याकगिनले सम्बोधन गरिसकेपछि आफूले लगाएको स्निकर्स जुत्ता खोल्छन्, त्यसमा बियर खन्याउँछन् र ‘चियर्स’ भन्दै त्यही जुत्ताबाट घटघट बियर पिएको देखिन्छ ।

काइलको यस शैलीले संसदमै सबैलाई अचम्ममा पारेको छ । केही सांसदहरुले भने ताली बजाएर काइलको समर्थन गरेको पनि देखिन्छ ।

यद्यपि धेरैलाई अष्ट्रेलियाली सांसद काइल म्याकगिनको यो तरिका अचम्म लागिरहेको छ, तर वास्तवमा यो अष्ट्रेलियाली संस्कृतिको एक प्रसिद्ध परम्परा हो, जसलाई ‘शूई (क्जयभथ)’ भनिन्छ।

शूई के हो ?

न्यूयोर्क टाइम्सको २०१९ को एक रिपोर्टअनुसार, यो अष्ट्रेलियाली संस्कृतिको एउटा परम्परा हो, जसमा मानिसहरूले कुनै विशेष अवसर, उत्सव वा पार्टीमा कसैको जुत्तामा रक्सी, विशेषगरी बियर खन्याएर पिउँछन् र त्यही भिजेको जुत्ता फेरि उक्त व्यक्तिलाई लगाउन दिन्छन् ।

यद्यपि शूईको सुरुको यथार्थ कथा के हो भन्ने स्पष्ट जानकारी छैन, तर धेरै प्रसिद्ध व्यक्तिहरूले यो परम्परालाई अँगालेका छन् ।

यो परम्परा अपनाउनेहरूको सूचीमा अष्ट्रेलियाली फर्मुला वान चालक ड्यानियल रिकियार्डो, फिल्म स्टारहरू सर प्याट्रिक स्टुअर्ट, जिमी फालन, ह्यू ग्रान्ट र जेरार्ड बटलरको नाम समावेश छ । त्यस्तै, संगीतकारहरूमध्ये मेशिन गन केली र स्टम्र्जीको नाम पनि यो सूचीमा पर्छ ।

सांसद काइल म्याकगिनले संसदमा के भनेर बियर पिए ?

सिड्नी मर्निङ हेराल्डको रिपोर्टअनुसार, सांसद काइल म्याकगिनले संसदको अन्तिम दिनलाई यादगार बनाउन धेरै सोचविचार गरेपछि जुत्तामा राखेर बियर पिएको प्रतिक्रिया दिएका छन् ।

गोल्डफिल्ड्स क्षेत्रका जनतालाई यही तरिका मन पर्ने ठानेर आफूले जुत्तामा राखेर बियर पिएको बताउँदै उनले भने, ‘म गाली खाँदै आएको मान्छे हुँ, त्यसैले यसलाई पनि सहेरै सकाउँछु, तर म पश्चिमी अष्ट्रेलियाका सबै सदस्यहरू र मतदाताहरूलाई दुई उत्कृष्ट कार्यकालका लागि धन्यवाद दिन चाहन्छु । चियर्स !’

यति भन्दै सांसद काइल म्याकगिनले जुत्तामा बियर खन्याउँछन् र त्यही जुत्ताबाट बियर पिउन थाल्छन् ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap