बर्षाका कारण सुदूरपश्चिमका सात ओटा जिल्ला जोड्ने सडक अवरुद्ध ,सुचारु हुन समय लाग्ने


लेखक : सुन्दराञ्चल      साउन २३, २०८० मा प्रकाशित     
बर्षाका कारण  सुदूरपश्चिमका सात ओटा जिल्ला जोड्ने सडक अवरुद्ध ,सुचारु हुन समय लाग्ने

धनगढी साउन २३, सोमबार राति आएको अविरल बर्षाका कारण सुदूरपश्चिमका सात ओटा जिल्ला जोड्ने एकमात्र सडक सेल्फीडाँडा र बुढितोलामा सडक भासीएको छ अविरल वर्षाका कारण कैलालीमा भीमदत्त राजमार्ग अन्तरगत गोदावरी नगरपालिकाको सेल्फीडाँडा र बुढितोलामा सडक भासीएको हो । पहिरो सहित सडक भासीएपछी सोमबार रातिदेखि दुवैतर्फको यातायात ठप्प भएको् छ । तर, केहि दुरीसम्म हिँडाएर सवारीसाधनहरुले यात्रु भने बोकीरहेका छन् ।
भ्यागुतेपानी, सेल्फीडाँडा, बुढीतोला लगायतका ठाँउ ठाँउमा पहिरो गएको र ५० मिटर जति सडक भासीएको सडक डिभिजन कार्यालय महेन्द्रनगरले जनाएको छ । पहिरोका कारण ठाँउठाँउमा गरी चार सय मिटर लम्बाई दुरीमा समस्या आएको सडक डिभिजन कार्यालय महेन्द्रनगरका सुचना अधिकारी पीयुष चटौतले जानकारी दिएका छन् । पहिरो गएका ठाँउमा सफा गर्दा समेत थप माटो बग्न थालेको उनले बताए ।
थप माटो बग्न थालेको ठाँउमा तुरुन्तै सफा गर्दा उल्टै क्षति हुने भएकोले अध्ययन गरेर मात्रै सफा गर्ने काम भईरहेको उनले बताएका छन् । तत्कालकालागी हिँड्न मिल्ने गरी मात्रै बाटो बनाउने र त्यसपछी पहिरो गएको ठाँउमा केहि दिनमै वैकल्पीक बाटो निर्माण गरी वर्षायाम रोकिएपछी मात्रै भासीएको सडक मर्मतको काम सुरु गर्नुपर्ने देखिएको चटौतले बताएका छन् । सडक पुर्णरुपमा सञ्चालनमा आउन तत्काल सम्भव नभएको चटौतले जानकारी दिएका छन् ।
‘खानीडाँडासम्म करिब ५० मिटर सडक बगेको छ,भासीएको छ,चार सय मिटर सडकखण्ड पहिरोका कारण बिग्रीएको छ’ चटौतले भने । ‘सफा गर्दापनि गीलो माटो भएकाले थप पहिरो खस्ने सम्भावना देखीएको छ । त्यसैले तत्काललाई वैकल्पीक बाटो बनाएर वर्षा सकिएपछी मात्रै पूर्ण मर्मता गर्नुपर्ने देखीएको छ ।’ भासीएको ठाँउबाट जोखिम मोलेर यात्रा नगर्न समेत उनले सबैलाई आग्रह गरेका छन् ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाका प्रमुख एसपी नेत्रमणी गीरीले तुरुन्तै सडक सुचारु हुने सम्भावना न्युन रहेको बताएका छन् । पहिरो हटाउने प्रयास भएपनि सडक चिरा परेकोले तुरुन्तै ममर्त सम्भव नदेखीएको उनले बताए । यद्यपी वारीपारी गरेर यात्रु बोक्ने काम भने सवारीहरुले गरीरहेको उनले बताएका छन् ।

 

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap