१२ चैत, गुल्मी उद्योग वाणिज्य संघले १९ वर्षमुनिको नेपाली क्रिकेट टिमका सदस्य अर्जुन कुमाललाई सम्मान गरेको छ ।
तम्घासमा भएको गुल्मी उद्योग वाणिज्य संघको ३१ औं साधारण सभामा क्रिकेटर कुमाल सम्मानित भएका हुन् । उद्योग वाणिज्य संघ लुम्बिनी प्रदेश अध्यक्ष कृष्णप्रसाद शर्माले सम्मान गरे ।
गुल्मीमा जन्मेर खेल क्षेत्रबाट जिल्लालाई र नेपाललाई विश्वसामु चिनाउन सफल भएकाले अर्जुनलाईसम्मान गरिएको उद्योग वाणिज्य संघ गुल्मीका अध्यक्ष इश्वरीप्रसाद पौडेलले बताए । उनको खेल क्षेत्रमा आगामी दिनमा थप हौसला बढोस् भनेर सम्मान गरिएको पौलेलको भनाइ छ
