अमेरिका लैजान्छु भन्दै ठगीको आरोपमा फिल्म ‘तेल भिसा’का निर्माताविरुद्ध उजुरी


लेखक : सुन्दराञ्चल      कार्तिक २८, २०८१ मा प्रकाशित     
अमेरिका लैजान्छु भन्दै ठगीको आरोपमा फिल्म ‘तेल भिसा’का निर्माताविरुद्ध उजुरी

काठमाडौं कात्तिक २८ , अमेरिका लैजान्छु भन्दै ठगी गरेको आरोपमा फिल्म ‘तेल भिसा’का निर्माता तथा निर्देशकमाथि प्रहरीमा उजुरी परेको छ । निर्माता तथा निर्देशक शंकर घिमिरे र ऋचा घिमिरेले अमेरिका लैजान्छु भन्दै ठगी गरेको दाबीसहित उजुरी परेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले उजुरी परेको बताए । लामो समयदेखि अमेरिकामा बस्दै आएका शंकर र ऋचा दम्पती हुन् ।

पछिल्लो फिल्म ‘तेल भिसा’ प्रदर्शनको लागि उनीहरु यतिबेला काठमाडौंमा छन् ।यो फिल्मको छायांकन पनि अमेरिकामा गरिएको हो । कथावस्तु पनि अमेरिकास्थित नेपाली समुदायको कथामा आधारित छ । ऋचा र शंकर दुवै नेपाली फिल्म क्षेत्रका चर्चित कलाकार तथा निर्देशक हुन् ।

‘तेल भिसा’को प्रदर्शन मंसिर ७ गते हुने जनाइएको छ ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap