अमेरिकाको केन्टकी शहरको एक बैंकमा गोली चल्दा पाँच जनाको मृत्यु


लेखक : सुन्दराञ्चल      चैत्र २८, २०७९ मा प्रकाशित     
अमेरिकाको केन्टकी शहरको एक बैंकमा गोली चल्दा पाँच जनाको मृत्यु

चैत,२८  अमेरिकाको केन्टकी शहरको एक बैंकमा गोली चल्दा पाँच जनाको मृत्यु भएको छ । गोली लागेर तीन प्रहरीसहित ९ जना घाइते भएका छन् ।

ओल्ड नेशनल बैंकका २३ वर्षीय कर्मचारीले नै बैंकभित्र गोली चलाएका थिए । उनले इन्स्टाग्राममा आक्रमणको प्रत्यक्ष प्रसारणसमेत गरेका थिए ।

उनले हानेको गोली लागेर चार जनाको मृत्यु भएको र प्रहरीको गोली लागेर गोली चलाउने व्यक्ति पनि मारिएको बीबीसीले जनाएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले ट्वीट गर्दै घटनाप्रति दुःख व्यक्त गरेका छन् । उनले बन्दुकको हिंसाबाट अमेरिका शोकमा परेको बताएका छन्

बीबीसीले जनाएको छ
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap