अभिनेत्री करिश्मा मानन्धर नेपाल कम्युनिस्ट पार्टी (एमाले) मा प्रवेश गर्दैछिन्


लेखक : सुन्दराञ्चल      चैत्र ८, २०७८ मा प्रकाशित     
अभिनेत्री करिश्मा मानन्धर नेपाल कम्युनिस्ट पार्टी (एमाले) मा प्रवेश गर्दैछिन्

काठमाडौं चैत ८,अभिनेत्री करिश्मा मानन्धर नेपाल कम्युनिस्ट पार्टी (एमाले) मा प्रवेश गर्दैछिन् । ‘वकल्पिक राजनीति’ गर्दै बाबुराम नेतृत्वको नयाँ शक्ति पार्टीबाट राजनीतिक इनिङको सुरुवात गरेकी करिश्मा अब कम्युनिस्ट पार्टीमा समाहित हुन लागेकी हुन् ।

काठमाडौँको कार्की ब्याङ्क्वेटमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले करिश्मालाई पार्टीमा प्रवेश गराएका छन् । पार्टीमा भित्रिएसँगै उनी आधिकारिक रुपमा ‘कामरेड’ बनेकी छन् । मानन्धरसँगै पूर्वमन्त्री प्रेमबहादुर सिंहको नेतृत्वको समाजवादी जनता पार्टी पनि एमालेमा समाहित भएको छ ।रातोपाटी

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap