अब मासिक १७ हजार ३०० पाइने श्रमिकको न्यूनतम ज्याला


लेखक : सुन्दराञ्चल      साउन ३२, २०८० मा प्रकाशित     
अब मासिक १७ हजार ३०० पाइने श्रमिकको न्यूनतम ज्याला

श्रावण ३२,  सरकारले श्रमिकको न्यूनतम पारिश्रमिक बढाएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम ऐन, २०७४ को दफा १०६ बमोजिम साउन १ गतेदेखि नै लागू हुने गरी श्रमिकको मासिक पारिश्रमिक १७ हजार ३ सय रुपैयाँ पुर्‍याएको हो ।

वृद्धि गरिएको पारिश्रमिकमा चिया बगानबाहेकका श्रमिकको मासिक आधारभूत १० हजार ८२०, महँगी भत्ता ६ हजार ४८० गरी १७ हजार ३०० पुर्‍याइएको छ ।

दैनिक आधारभूत ४१८, महँगी भत्ता २५० सहित जम्मा ६६८ तोकिएको छ । यसअघि श्रमिकका न्यूनतम पारिश्रमिक मासिक १५ हजार रुपैयाँमात्रै थियो ।

यस्तै चिया बगानका श्रमिकको हकमा भने मासिक १३ हजार ८९३ पुर्‍याइएको छ । जसमा आधारभूत पारिश्रमिक ८ हजार ९३४ र महँगी भत्ता ४ हजार ९५९ रुपैयाँ छ । पारिश्रमिक वृद्धिको सूचना बिहीबार नै राजपत्रमा प्रकाशित गरिएको छ ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap