अब टिकटकमा घृणा फैलाउने र सद्भाव बिगार्ने पोस्ट गरे कारबाही गरिने


लेखक : सुन्दराञ्चल      कार्तिक २०, २०८० मा प्रकाशित     
अब टिकटकमा घृणा फैलाउने र सद्भाव बिगार्ने पोस्ट गरे कारबाही  गरिने

 कार्तिक २०,गृह मन्त्रालयले टिकटकका प्रतिनिधिलाई समेत बोलाएर छलफल गरेको छ । उनीहरूले तत्कालै गलत सामग्री हटाउने तथा अनुसन्धानमा सघाउने प्रतिबद्धता जनाएका छन् । सर्वसाधारणका लागि प्रिय बन्दै गएको भिडियोमा आधारित सामाजिक सञ्जाल टिकटक सरकारका लागि भने चुनौती बन्दै गएको छ । टिकटकमा घृणा फैलाउने तथा सद्भाव बिगार्ने प्रवृत्तिका गतिविधि बढेपछि सरकारले कानुनी कारबाहीलाई तीव्रता दिन थालेको छ ।

गृह मन्त्रालयले शुक्रबार टिकटकका प्रतिनिधिलाई समेत बोलाएर छलफल गरेको छ । अमर्यादित पोस्टहरू तत्काल हटाउने र त्यसमा संलग्नलाई कानुनी कारबाही गरिने विषयमा सम्बन्धित पक्षहरूसँग छलफल भएको गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताए । ‘सामाजिक सञ्जालमा सम्प्रेषण गरिएका गलत सामग्रीले व्यक्तिको चरित्र हत्या गर्ने, शान्तिसुरक्षाको अवस्था बिगार्ने, जातीय, भाषिक, धार्मिक सद्भाव खलबल्याउने र राष्ट्रिय एकता तथा राष्ट्रहितमा प्रतिकूल असर पार्ने भएकाले यसमा कडाइ गर्न लागेका हौँ,’ उनले भने ।

गृहको छलफलमा प्रहरी अधिकारी, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रतिनिधिसमेत सहभागी थिए । बैठक प्रहरीको साइबर ब्युरो र टिकटक सिंगापुरबीच सहकार्य बढाउनेमा केन्द्रित थियो । टिकटकले पछिल्लो समय बढाएको समस्या तथा त्यसको अनुसन्धानमा भोगिरहेका समस्याबारे नेपाली अधिकारीले टिकटकका पदाधिकारीलाई जानकारी गराएका थिए । छलफलमा टिकटकका चार प्रतिनिधि सहभागी थिए । उनीहरूले तत्कालै गलत सामग्री हटाउने तथा अनुसन्धानमा सघाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

गृह मन्त्रालयद्वारा आइतबार जारी विज्ञप्तिमा भनिएको छ, ‘उक्त छलफलबाट टिकटकमार्फत सामाजिक सद्भाव बिगार्ने, घृणा तथा विद्वेष फैलाउने, विशिष्ट व्यक्तिहरूको मानमर्दन गर्ने, जातीय, धार्मिक, सामाजिक सद्भाव बिगार्ने र अश्लील खालका गतिविधि तथा सामग्रीहरू हटाउन र त्यस्ता कार्य गर्ने व्यक्तिहरू पत्ता लगाई कानुनी कारबाहीको दायरामा ल्याउन सहज हुने भएको छ ।’ जसकारण घृणा फैलाउने तथा सद्भाव बिगार्ने प्रकृतिका सामग्री टिकटकलगायत सामाजिक सञ्जालमा नराख्न गृह मन्त्रालयले आग्रह गरेको छ ।

सामाजिक सञ्जालमा सर्वसाधारण अभ्यस्त हुँदै गए पनि नेपालमा यसलाई नियमन गर्ने कानुन बन्न सकेको छैन । जसकारण सामाजिक सञ्जालबाट चरित्रहत्या गर्ने, नियोजित रूपमा गलत सूचना फैलाउने तथा सामाजिक सद्भाव भड्काउने गतिविधि बढेपछि गृह मन्त्रालयले सक्रियता बढाएको हो । नेपालमा ठूला सामाजिक सञ्जाल कम्पनीका शाखासमेत नभएकाले पनि यससम्बन्धी अपराधको अनुसन्धानमा समेत चुनौती रहेको प्रहरी अधिकारी बताउँछन् ।

उता, सामाजिक सद्भाव तथा शान्तिसुरक्षा बिगार्ने गतिविधिमा लागेको भन्दै व्यवसायी दुर्गा प्रसाईंमाथि प्रहरीले छानबिन थालेको छ । उनलाई साइबर ब्युरोले आइतबार बोलाएर सोधपुछ गरेको छ । उनले मारवाडी समुदायमाथि घृणा फैलाउने गतिविधि गरेको आरोपमा उजुरी परेको छ । त्यस्तै, नेपाली सेनाको विषयमा गलत सन्देश फैलाउने डिल्लीराम खनाललाई गत साता ब्युरोले पक्राउ गरेको थियो ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap