२४ असोज, मुगु । अबिरल वर्षाले मुगुमा एक जनाको मृत्यु भएको छ भने दर्जनौ घर पहिरोको जोखिममा परेका छन् ।
छायानाथ रारा नगरपालिकाको वडा नम्बर ८ मा गए राति गएको पहिरोमा परि एक जनाको मृत्यु भएको छ भने ११ जना बेपत्ता भएका छन् । मृतकको हालसम्म पहिचान खुलेको छैन ।
गमगाढ जलविद्युत्को पावरहाउस पहिरोले बगाउँदा मुगुमा विद्युत् आपूर्ति ठप्प भएको छ । जसको कारणले नेपाल टेलिकम मुगुले पनि काम गर्न सकिरहेको छैन ।
छायानाथ रारा नगरपालिकामा वर्षात्का कारणले पुगेको क्षति :
१. वडा नं. १ मा ७ घर भत्केको साथै गमगढीको तल्लो बजारमा २० देखि ३० घरहरू जोखिममा परेका छन् ।
२. वडा नं. २ मा १ घरको क्षति ।
३. वडा नं. ३ मा तुममा ४ वटा घर क्षति ।
४. वडा नं. ४ मा भामवाडाको भ्यालवाडामा ७ घर भत्केको र ७० घरधुरी जोखिममा परेका छन् ।
५. वडा नं. ७ मा ८ घर भत्केको र ३०–४० घर जोखिममा छन् ।
६. वडा नं. ८ मा पहिरोको डरले गाउँ खालि गरिएको छ ।
७. वडा नं. ११ सालीममा ११ जना बेपत्ता भएका छन् !
८ वडा नं ३ को फुलि गाउँमा करिब ३५ घर सहित गाउँ नै पहिरोको जोखिममा परेर मानिसलाई सुरक्षित स्थानतर्फ सारिएको छ ।