अफगानिस्तानमा तालिबानले अन्तर्राष्ट्रिय सहयोगका लागि अपिल गरे


लेखक : सुन्दराञ्चल      असार ९, २०७९ मा प्रकाशित     
अफगानिस्तानमा तालिबानले अन्तर्राष्ट्रिय सहयोगका लागि अपिल गरे

असार ९ अफगानिस्तानमा तालिबानले अन्तर्राष्ट्रिय सहयोगका लागि अपिल गरेको छ । विनाशकारी भूकम्पपछिको अवस्थाको सामना गरिरहेको बेला तालिबानले सहयोगको अपिल गरेको छ ।

 

बुधबार बिहान आएको ६ दशमलव १ म्याग्निच्युडको भूकम्पमा परेर १ हजारभन्दा भन्दा बढी मानिसको मृत्यु भएको छ । भूकम्पमा कम्तीमा १५ सय घाइते भएका छन् ।

भूकम्पबाट दक्षिण पूर्वको पक्तिका प्रान्त सबैभन्दा बढी प्रभावित भएको छ । संयुक्त राष्ट्रले आपतकालीन आश्रय र खाद्यान्न सहायता प्रदान गर्ने प्रयास गरिरहेको छ । भारी वर्षा र असिनाले उद्धार कार्य प्रभावित भएको प्राप्त विवरणमा जनाइएको छ ।

 

विनाशकारी भूकम्पले तालिबानका लागि ठूलो चुनौती मानिएको छ । खोस्ट सहरबाट ४४ किलोमिटर टाढा गएको उक्त भूकम्पको धक्का पाकिस्तान र भारतसम्म पनि महसुस गरिएको थियो ।

‘दुःखको कुरा सरकारमाथि प्रतिबन्ध छ । तसर्थ, सरकार जनतालाई आवश्यक सहयोग गर्न आर्थिक रूपमा असमर्थ छ’, तालिबानका वरिष्ठ अधिकारी अब्दुल काहर बल्खीले भने ।

‘अन्तर्राष्ट्रिय राहत निकायले सहयोग गरिरहेका छन्, छिमेकी तथा क्षेत्रीय देशहरू र विश्वका विभिन्न देशले सहयोगको प्रस्ताव गरेका छन्, जसलाई हामी प्रशंसा र स्वागत गर्दछौं,’ उनले भने ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap