अन्तर्राष्ट्रिय जगतमा प्रभावशाली पाँच देशले यूक्रेन माथीको आक्रमण रोक्न रुसलाई दवाव दिने भएका छन्


लेखक : सुन्दराञ्चल      चैत्र ८, २०७८ मा प्रकाशित     
अन्तर्राष्ट्रिय जगतमा प्रभावशाली पाँच देशले यूक्रेन माथीको आक्रमण रोक्न रुसलाई दवाव दिने भएका छन्

काठमाडौँ ८ चैत्र अन्तर्राष्ट्रिय जगतमा प्रभावशाली पाँच देशले यूक्रेन माथीको आक्रमण रोक्न रुसलाई दवाव दिने भएका छन्। बेलायती सरकारद्धारा जारी वक्तव्यका अनुसार बेलायत, अमेरिका, फ्रान्स, जर्मनी र इटलीले रुसलाई आक्रमण रोक्न दवाव बढाउने निर्णय गरेका हुन्।

युक्रेन संकट समाधानका लागि गर्न सकिने प्रयासका बारेमा छलफल गर्न बेलायतले बैठकको संयोजन गरेको जनाइएको छ। बैठकमा सहभागी नेताहरुले यूक्रेन संकटप्रति चिन्ता व्यक्त गर्दै रुस विरुद्ध अव चर्को दबाव दिनु पर्ने निश्कर्ष निकालेको बेलायती प्रधानमन्त्रीको कार्यालयले जनाएको छ। उनीहरुले आ आफ्नो देशको तर्फबाट कुटनीतिक पहल पनि गर्ने र संयुक्त प्रयास पनि गर्ने सहमति भएको वक्तव्यमा उल्लेख गरिएको छ।

रुसले गत फेब्रुअरी २४ देखि यूक्रेनमा आक्रमण सुरु गरेपछि समस्या समाधानका लागि पटक पटक वार्ता भएपनि ठोस उपलब्धी हुन सकेको छैन। त्यसैगरी विश्वका अधिकांश देशले युक्रेनमाथी रुसले अन्याय गरेको भन्दै आक्रमण नगर्न रुसलाई आग्रह गर्दै आएका थिए। तर पनि आक्रमण अहिलेसम्म जारी छ। एएनआई

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap