अत्यावश्यक औषधिहरु नेपालमै उत्पादन वातावरण निर्माण हुनुपर्छ :स्वास्थ्यमन्त्री गिरी


लेखक : सुन्दराञ्चल      माघ १७, २०७९ मा प्रकाशित     
अत्यावश्यक औषधिहरु नेपालमै उत्पादन वातावरण निर्माण हुनुपर्छ :स्वास्थ्यमन्त्री गिरी

१७ माघ, स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले अत्यावश्यक औषधिहरु नेपालमै उत्पादन हुनसक्ने वातावरण निर्माण गर्नुपर्ने बताएका छन् । मंगलबार औषधि व्यवस्था विभागले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

‘यो विभागले प्रभावकारी काम गर्न सक्दा देशका नागरिकहरुको स्वास्थ्य स्थिती पनि राम्रो भएर जान्छ । विभाग बिग्रियो भने ३ करोड नेपालीको स्वास्थ्यमा असर गर्छ,’ उनले भने,‘ बजारमा अहिले पनि गुणस्तरहिन औषधि छ्याप छ्याप्ती छन् । जनशक्ति छैन भनेर पन्छने काम हामीले गर्न हुँदैन । नागरिकको स्वास्थ्यमा खेलवाड गर्न पाइदैंन ।’

उनले सातै प्रदेशमा कार्यालय स्थापना गरेर विभागले बजारको अनुगमन र नियमन गर्नुपर्ने बताए ।‘यसका लागि कार्ययोजना तयार गर्नुस् । कार्ययोजनासहित आउनुस् । आवश्यक सहयोग मन्त्रालयले गर्नेछ ।’

उनले अत्यावश्यक औषधिहरुको उत्पादन नेपालमै हुनुपर्ने बताए । ‘पछिल्लो समय बंगलादेशले औषधि उत्पादन क्षेत्रमा ठूलो फड्को मार्‍यो । हामीले पनि कम्तिमा अत्यावश्यक औषधिहरु आफैं उत्पादन गर्न सक्नुपर्छ ।। नाकाबन्दीमा हामीले कस्तो भोग्यौं । भोलिका दिनमा त्यस्तो अवस्था नआओस्,’ उनले भने ।

आठ महिना बितिसक्दा विभागले पुजॅीगत खर्चमा केवल ७ प्रतिशतमात्रै बजेट खर्च गरेको बताउँदै उनले यसमा तत्काल सुधार ल्याउन निर्देशन दिए । गुणस्तरीय औषधि, अनुगमन र नियमनमा विभागको ध्यान जानुपर्ने उनले बताए ।

‘ जनतालाई औषधि व्यवस्था विभागको सिस्टममा, सेवामा, ड्युटीमा परिवर्तन आएको छ भन्ने अनुभूति गराउनेगरी जुट्नुस् । त्यसमा हाम्रोतर्फबाट पर्याप्त सहयोग हुन्छ । औषधि, प्रयोगशालाको क्षमता वृद्धि गर्नुपर्छ, यसरी नै हुँदैन ।’ उनले भने ।

उनले जनशक्ति, पूर्वाधार, ल्याबको व्यवस्थापन गर्न मन्त्रालयबाट कुनै कसर बाँकी नरहने समेत बताए । ‘जनशक्ति, पूर्वाधार, ल्याबको व्यवस्था गर्नका लागि मन्त्रालयबाट कुनै कसर बाँकी रहनेछैन । तपाईहरु पनि नतिजा दिनेगरी काममा लाग्नुहोला,’ उनले भने, ‘अब स्वास्थ्यको क्षेत्रमा आधारभूत रुपमा जनताले परिवर्तन अनुभव गर्न पाउनुपर्छ ।’

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap