अत्तरियामा हुने भनिएको प्रदर्शनी बजार स्थगित


लेखक : सुन्दराञ्चल      अशोज २३, २०८१ मा प्रकाशित     
अत्तरियामा हुने भनिएको प्रदर्शनी बजार स्थगित

आश्विन २३ कैलालीको गोदावरी नगरपालिका अत्तरियामा असोज मंगलबार देखि यहि कार्तिक १७ गतेसम्म हुने भनिएको सुदूरपश्चिम प्रदेशका उत्पादन वस्तुहरू बिक्री, वितरण, प्रवद्र्धन र प्रदर्शनी बजार स्थगित भएको छ ।

हिन्दुधर्मालम्बीहरुको महान् पर्व दशैं–तिहारलाई लक्षित गरेर ‘सुदूरपश्चिमकै लगाउने,सुदूरपश्चिम कै खाने’ उद्देश्यका साथ नेपाल चेम्बर्स अफ कमर्स सुदूरपश्चिम प्रदेश, कैलाली चेम्बर्स अफ कमर्स अत्तरिया र समृद्ध सुदूरपश्चिम अभियानको संयुक्त आयोजनामा बजारको आयोजना गरिएको थियो ।

तर अन्तिम समयमा अत्तरियाका व्यवसायीहरुले आफुहरुको व्यवसायमा असर पर्ने भन्दै विरोध जनाएपछी प्रदर्शनी बजार स्थगित गरिएको आयोजकले विज्ञप्तीमार्फत जानकारी दिएको छ । आयाजकले आफुहरुले विभिन्न विकल्प दिँदा पनि अर्को पक्षले नमान्दा स्थगित गर्नुपरेको आयोजकले जनाएको छ । आर्को सूचना जारी नभएसम्मकालागि बजार स्थगित गरिएको जनाएको छ ।

उक्त बजारको नेपाल सरकारका उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री दामोदर भण्डारीले उद्घाटन गर्ने कार्यतालिका रहेको थियो ।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap