अझै भएन मतपेटिका संकलन, कर्णाली प्रदेश


लेखक : सुन्दराञ्चल      मंसिर ५, २०७९ मा प्रकाशित     
अझै भएन मतपेटिका संकलन, कर्णाली प्रदेश

५ मंसिर, सुर्खेत । कर्णाली प्रदेशका कतिपय हिमाली जिल्लाहरूमा अझै मतपेटिका संकलन हुन सकेको छैन । आइतबार नै मतदान सम्पन्न भए पनि भौगोलिक विकटता र सडक सञ्जालको पहुँच नहुँदा मतपेटिका संकलन हुन नसकिरहेको हो ।

सडक सञ्जाल नजोडिएको र हेलिकोप्टरबाट संकन गर्नुपर्ने भएकाले अझै पनि मतपेटिका सम्बन्धित क्षेत्रमा ल्याउन नसकिएको हो । प्रदेशको डोल्पा, हुम्ला, मुगु, जाजरकोट र कालिकोटमा मतपेटिका संकलन गर्नै बाँकी छ ।

हुम्ला र डोल्पाका अधिकांश ठाउँको मतपेटिका संकलनका लागि हेलिकप्टरको प्रयोग गर्नुपर्ने अवस्था छ । अहिलेसम्म हेलिकोप्टर नै जिल्लामा नपुगेकाले मतपेटिका सम्वन्धित ठाउँमा पु¥याउन नसकिएको हुम्लाका प्रमुख निर्वाचन अधिकारी श्याम रानाले जानकारी दिए ।

उनका अनुसार जिल्लाका नाम्खा गाउँपालिको हल्दीदाङ, तिल, सर्केगाड, चंखेली, ताँजाकोट अदानचुलीमा मतदान केन्द्रहरूका मतपेटिका आएका छैनन् । ‘अधिकांश क्षेत्रका मतपेटिका हेलिकोप्टरबाट ल्याउनुपर्ने अवस्था छ । अहिलेसम्म हेलिकोप्टर हुम्ला पुगेको छैन, सुर्खेतबाट आउने भन्ने खबर सुनिएको छ,’ रानाले भने । हेलिकोप्टर समयमै आए आज बेलुकासम्म मतपेटिका संकलन गरिने रानाले जानकारी दिए ।

डोल्पाका २२ वटा मतदानस्थलबाट मतेपटिका ल्याउन हेलिकप्टर प्रयोग गर्नुपर्ने भएकाले आज बेलुकासम्म संकलन गरिने जिल्ला निर्वाचन अधिकारी रामबहादुर शाक्यले बताए । उनका अनुसार जिल्लाको छार्काताङ्सोङ से–फोक्सुन्डो, डोल्पोबुद्ध गाउँपालिकाका मतदान केन्द्रबाट मतपेटिका ल्याउनुपर्ने भए पनि अहिलेसम्म त्यहाँ हेलिकोप्टर पुग्न सकिरहेको छैन ।

मुगुका ग्रामीण क्षेत्रमा सडक नपुगेको र मतपेटिका बोकेर ल्याउनुपर्ने भएकाले ढिलाइ भएको जिल्ला निर्वाचन अधिकारी विष्णु न्यौपानले जानकारी दिए । ‘हेलिकोप्टरबाट मतपेटिका ल्याउने भनिए पनि अन्तिममा बोकेर पैदल ल्याउनुपर्ने भयो,’ उनले भने । उनका अनुसार खत्याड गाउँपालिका वडा नम्बर १० र ११ सोरु गाउँपालिकाका ९, १० र ११ वडाहरूमा गाडी चल्दैन ।

कालीकोटको पचालझरना, पलाँता, सान्नीत्रिवेणी, नहरीनाथ गाउँपालिका र रास्कोट नगरपालिकाका केही स्थानबाट मतपेटिका ल्याउन बाँकी रहेको जिल्ला निर्वाचन अधिकारी धनबहादुर मल्लले जानकारी दिए ।

सल्यान र दैलेख–१ को मतगणना भने सुरू हुँदैछ । सुर्खेत २ को भने साढे ११ बजेदेखि मतगणना हुने छ । सुर्खेत १ को सिम्ता गाउँपालिका–६ स्थित सिम्ता बहुमुखी क्याम्पसमा रहेको मतदानस्थलमा मतदान स्थगित भएको छ । उक्त केन्द्रमा मतदान कहिले हुने भन्ने टुंगो छैन ।

१२ वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको कर्णालीमा एउटाबाहेक सबै मतदानस्थलमा मतदान सम्पन्न भएको छ । अनलाइनखबर

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap