९१ वर्षीया वृद्धाको हिपजोर्नी प्रत्यारोपण


लेखक : सुन्दराञ्चल      साउन २५, २०७८ मा प्रकाशित     
९१ वर्षीया वृद्धाको हिपजोर्नी प्रत्यारोपण

धनगढी,२५ साउन । कैलाली अस्पतालले ९१ वर्षीया वृद्धाको हिपजोर्नी प्रत्यारोपणको सफल शल्यक्रिया गरेको जनाएको छ। ३ महिना अघि सिडिबाट लडेर घाइते भएकी बैतडीको पाटन नगरपालिका ४ की ९१ वर्षीया परु महराको सफल शल्यक्रिया गरिएको अस्पतालले जानकारी दिएको छ ।

आफै हिँडड्ल गर्न नसक्ने अवस्थामा पुगेकी बोहरालाई कैलाली अस्पतालका चिकित्सकको सल्लाहपछि शल्यक्रियाका लागि धनगढी ल्याइएको थियो। महराको ५ दिन अगाडि शल्यक्रिया गरिएको अस्पतालका हाडजोर्नी विशेषज्ञ डाक्टर ज्ञानेन्द्र जोशीले बताए । उनले अब बिस्तारै आफै हिडडुल गर्न र आफ्नो दैनिकी आफैले गर्न सक्ने बताए ।

तीन महिनासम्म अरुको सहारामा बसेकी महरा हिपजोर्नी प्रत्यारोपण भएपछि हिड्न सक्ने अवस्थामा पुगेकि छिन । कैलाली अस्पतालले ९१ वर्षीया वृद्धाको हिपजोर्नी प्रत्यारोपणको शल्यक्रिया पहिलोपटक गरेको अस्पतालका अध्यक्ष जनकराज जोशीले बताए ।

उनले जटिल प्रकृतिको हिपजोर्नीको शल्यक्रिया समेत अस्पतालले गर्न सक्ने बताए । कम खर्चमा प्रदेशमै उपचार हुन थालेपछि अन्यत्र उपचारका लागि जानुपर्ने बाध्यताको अन्त्य हुने बिश्वास लिइएको छ ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap