५२ लाखको फूल उत्पादन


लेखक : सुन्दराञ्चल      कार्तिक १२, २०८१ मा प्रकाशित     
५२ लाखको फूल उत्पादन

धनगढी- कार्तिक १२, विगत दुई वर्षदेखि प्लाष्टिक निषेध गरिएको धनगढी उपमहानगरपालिकामा तिहारका लागि ५२ लाख रुपैयाँको फूल उत्पादन भएको छ । धनगढी उपमहानगरपालिकाको कृषि शाखाका अनुसार यो वर्ष १३० क्विन्टल फूल उत्पादन भएको छ भने अधिकतम मूल्य प्रतिकिलो ५०० रुपैयाँ निर्धारण गरिएको छ । प्रतिफूल मालाको अधिकतम मूल्य १२० रुपैयाँ निर्धारण गरिएको छ ।

कृषि शाखा प्रमुख लोकराज उपाध्यायले गतवर्ष न्युनतम मूल्य निर्धारण गर्दा किसानबाट व्यापारीले २०० रुपैयाँ प्रतिकिलोको दरले किनेर ६०० रुपैयाँसम्ममा बिक्री गरेको पाइएपछि मूल्य नियन्त्रण गर्न यस वर्ष अधिकतम मूल्य निर्धारण गरिएको बताए । यसबाट किसान र उपभोक्ताबीचको बिचौलिया नियन्त्रण हुने उनले बताए । उपमहानगरपालिकाले फूल उत्पादनका लागि २५ जनालाई तालिम दिएकोमा १४ जनाले नियमित रुपमा फूल खेती गरिरहेका छन् ।

उनले समूहले तिहारको अवसरमा धनगढीको क्याम्पस रोड, चौराहालगायतका सात ठाउँमा बिक्री केन्द्र बनाएर बिक्री गर्ने तयारी गरेको बताइन् । उनले फूल बिक्रीका लागि उपमहानगरपालिकाले काठमाडौंलगायतका ठाउँमा समेत सम्पर्क गराइएको बताइन् । तर स्थानीय बजारमा भन्दा बाहिरको बजार फूल बिक्री गर्दा पैसा नपर्ने उनले बताइन् । काठमाडौंको व्यापारीले २०० रुपैयाँ प्रतिकिलोका दरले मात्रै लिने गरेको बताउँदै उनले प्लेनमा पठाउँदा ९० रुपैयाँ प्रतिकिलो भाडा तिर्नु पर्ने र किसानलाई ११० रुपैयाँ मात्रै बच्ने गरेको बताइन् ।

उनले सकेसम्म स्थानीय बजारमै फूल बिक्री गर्ने उनले बताइन् । उनले तिहारमा ‘क’ वर्गको फूल पाँच सय रुपैयाँ, ‘ख’ वर्गको फूल ४०० रुपैयाँ र ‘ग’ वर्गको फूल ३०० रुपैयाँ प्रतिकिलोका दरले बिक्री गरिने बताइन् । उनले ‘क’ वर्गको फूलको माला १२०, ‘ख’ वर्गको फूलको माला १०० र ‘ग’ वर्षको फूलको माला ८० रुपैयाँ दरले बिक्री गरिने बताइन् । उपमहानगरपालिकाका कृषि शाखा प्रमुख उपाध्यायका अनुसार समूहमा रहेका फूल किसानलाई बीऊ, कृषि औजारलगायतका सहयोग गरिएको बताए ।

विष्टले धनगढी उपमहानगरपालिका–६ मटियारीमा २ विघा जमिनमा करिब ५० लाख रुपैयाँ लगानी गरेर दुई वर्षदेखि फूलखेती गरिरहेकी छन् । उनले यो वर्ष पाँच किसिमको सयपत्री फूल रोपेकी छन् । उनले दशैंबाट नै फूल र माला बिक्री गर्न थालेकी छन् । परिवारसहित फूल खेतीमा लागेकी विष्ट वर्षभरि नै फूल उत्पादन गर्ने गरी पूर्वाधार तयार गरेकी छन् । उनले फूल खेती गर्न भाडामा लिएको जमिनमै घर, बिक्री कक्ष र चिस्यान केन्द्र निर्माण गरेकी छन् । उनीले समूहमा रहेका किसानले समेत वर्षभरि फूल उत्पादन गरिरहेका छन् ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap