५० प्रतिशत विवाहित महिलाको ‘ब्याकअप पार्टनर’ हुन्छ

५० प्रतिशत विवाहित महिलाको ‘ब्याकअप पार्टनर’ हुन्छ

एजेन्सी, २ भाद्र / घरमा श्रीमती छाडेर श्रीमानले अरुलाई मन पराएको र घरबार नै बसाएको घटना त धेरै आउने गर्छ । तर, कुनैपनि सम्बन्धमा रहेका महिलाहरु पनि आफ्नो भावना साझेदार गर्न र यदि श्रीमानले धोका दिएको अवस्थाका लागि भनेर ‘ब्याकअप पार्टनर’ राख्छन् भन्ने कुरा सुन्दा धेरैलाई अचम्म लाग्न सक्छ । जमाना बदलिएको छ । एक अध्ययनले आधाभन्दा धेरै महिलाहरुको ‘ब्याकअप पार्टनर’ हुने गरेको देखाएको छ ।

डेलिमेलले विभिन्न देशका शहरहरुमा गरेको अध्ययनपछि तयार पारेको रिपोर्ट अनुसार आधाभन्दा धेरै महिलाहरुले चलिरहेको सम्बन्ध बाहेक पनि छुट्टै सम्बन्धको योजना बनाउने गरेका छन् । धेरै विवाहित महिलाहरुले आफ्नो दिमागमा ब्रेकअप भयो भने त्यसपछिको सम्बन्धको लागि ‘ब्याकअप पार्टनर’को बारेमा सोच्ने गरेका छन् । प्रायले आफ्नो भावना सुनाउन र श्रीमानले समय नदिएको खण्डमा ब्रेकअप नै गर्न परेपनि त्यसको विकल्प तयार गर्ने गरेको अध्ययनमा उल्लेख छ । महिलाहरुले आफ्नै पुराना साथीहरु, आफ्नो पूर्व प्रेमी वा पूर्व पतिलाई पनि ‘ब्याकअप पार्टनर’को रुपमा अघि सार्ने गरेका छन् । साथमा कार्यालयका सहकर्मी एवं अरु कोही यस्तो योजनाका हिस्सेदार हुनसक्छन् ।

झण्डै एक हजार महिलामा गरिएको यो अध्ययनका क्रममा धेरैले आफ्नो भावना सुनाउन र सहयोग माग्नको लागि ‘प्लान बी’ साथीहरु बनाउने गरेको सुनाए । त्यस्तै, अध्ययनमा संलग्नमध्ये ४० प्रतिशतले उनीहरुसँगको कुराकानीबारे परिवारमा समेत जानकार रहेको बताए । यद्यपि परिवारकाले ‘ब्याकअप पार्टनर’को रुपमा नभई पुरानो साथीको रुपमा चिन्ने गर्छन् । सो अध्ययनले भन्छ, ‘प्रायः आधा महिलाले हालको पार्टनरबाट अलग भएमा ब्याक अप योजना बनाएका हुन्छन् । यसले मूलतः यो संकेत गर्दछ कि एक महिलाको मनमा अर्को मानिस छ । उसको योजना–२ को रूपमा ‘ब्याकअप पार्टनर’ रहेको घटना वास्तवमा विवाहित महिलाहरुमा बढी देखिन्छ ।’

ब्याकअप पार्टनर प्रायः एक पुरानो साथी हो । जसले महिलाहरुको मनलाई भावनात्मक रुपमा जितेको हुन्छ । नजिक हुँदा श्रीमान्सँग केही असामन्जस्यता हुनसक्छ । त्यस्तो बेलामा गुनासो पनि महिलाहरुले तिनै ‘प्लान–बी’लाई सुनाउने गर्छ । ती पार्टनरले उनीहरुको पीडा सुन्ने गर्छन् । सर्वेक्षणमा उपस्थित भएका मध्ये धेरैले विवाहको ५र७ वर्षपछिदेखि यस्तो योजना बनाउन सुरु गरेको बताए । यसैबीच, १० मध्ये एक महिलाले उनीहरुको प्लान-बी पार्टनरहरुले आफ्नो भावना स्वीकार गरिसकेको समेत जनाएका छन् ।

दशमध्ये चारभन्दा बढी महिलाले अर्को सम्बन्धको बारेमा सम्बन्धित अर्को पुरुष वा प्लान-बी परिचित थिए । केही महिलाहरुले भने आफ्नो भावना श्रीमानसँग भन्दा आफ्नो ‘ब्याकअप पार्टनर’सँग बढी हुने गरेको बताए । सो अध्ययन अनुसार करिब १२ प्रतिशत महिलाले ‘प्लान(बी’प्रति उनीहरूको भावना हालको पार्टनरसँग भन्दा बलियो रहेको बताए । अचम्मको कुरा त के छ भने धेरै महिलाको ब्याकअप पार्टनर श्रीमानका साथीहरु समेत छन् । यसको अर्थ आफ्नो श्रीमान्को साथीसँग धेरैको मन बस्ने गरेको छ । तर, केही यस्ता महिलाहरु पनि अध्ययनको क्रममा भेटिए जसले आफ्नो प्लान बीसँगको योजना पूरा हुनको लागि यताको घर बिग्रन्छ कि ? भन्ने बारेमा चिन्ता पनि जाहेर गरे ।

“घाँस जहिलै पनि हरियो हुँदैन’ भन्ने एक उक्ति जस्तै महिलाहरु पनि सधैं र सबै पतिव्रता नै हुन्छन् भनेर ढुक्क हुन सक्ने अवस्था नरहेको यो अध्ययनको निष्कर्ष हो । जसरी पुरुषहरुले महिलाहरुलाई देख्नेबित्तिकै घरमा श्रीमती भएपनि मन पराउने गर्दछन् । त्यसैगरी महिलाहरुले पनि आफ्नो ‘ब्याकअप पार्टनर’ राख्ने कुरा यो अध्ययनले देखाएको छ । त्यसमा पनि घरमा समय नदिने, समय समयमा बाहिर घुमाउन नलैजाने श्रीमान्का श्रीमतीहरु धेरै व्याकअप पार्टनरतिर ध्यान केन्द्रित गर्ने गरेको भेटिएको छ । अहिले त झनै यसमा पनि सजिलो भएको छ । फेसबुक ट्वीटर आदिका कारण सम्पर्कको लागि सहज भएको छ । यसमा आफ्नो स्कूल क्याम्पस पढ्दाको पुरानो साथीसँग पनि सम्पर्क हुन सजिलो भएको छ । त्यसले गर्दा पनि यस्तो व्यवहार धेरै हुने गरेको निष्कर्ष छ ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App