दुबई १४ मंसिर, । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको २८औं सम्मेलन (कोप-२८) मा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही संयुक्त अरब इमिरेट्सको दुबई पुगेका छन् ।
स्थानीय समय अनुसार राति करिब १ः३० बजे उनी दुबईस्थित दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका हुन् ।
प्रधानमन्त्री प्रचण्डले आज राजधानी आबुधाबीमा रहेको नेपाली दूतावासको अवलोकनका साथै नेपाली समुदायसँग छलफल गर्ने कार्यक्रम रहेको छ । साँझ नेपाल उद्योग वाणिज्य महासंघ दुबई चेम्बरद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नेछन् ।